Nepal Journal (नेपाल जर्नल)
पूजा लामा आर्यनसंगको प्रेममा चुलम्म
एकताका दिनेश डिसीसंग लहसिएकी नायिका तथा गायिका पूजा लामा अचेल नवनायक आर्यन सिग्देलसंगको प्रेममा चुलम्म डुबेकी छिन् । दिनेश डिसीले शारिरीक भोक मात्र मेटाउने तर बिहे गर्न नमानेपछि पूजाले आत्महत्याको प्रयास गरेकी थिइन् ।
अहिले पीडा मेटाउन पूजा आर्यनसंग मस्त छिन् । रक्सी, चुरोट र तरुनी नायक आर्यनको कमजोरी बन्न पुगेका छन् । यही कारण उनी अहिले चलचित्र बृत्तमा क्रमश: अलोकप्रीय बन्दै गइरहेका छन् । पूजाको त के कुरा गर्नु, धनी र राम्रा केटाहरु उनको कमजोरी हुन । पहिला पनि बिहे गरी सकेकी पूजालाई केटा फेनु त कपडा फेरे झै हो ।
आर्यनको अहिले अभिनयमा ध्यान छैन । उनी पूजाको प्रेममा मस्त छन् । त्यसैकारण उनलाई आफ्नो फिल्ममा लिन निर्माता हिच्कीचाउन थालेका छन् । उनी अभिनीत मौसम फ्लप भएपछि त उनको मूल्य हवात्तै घटेको छ । एकताका नायिका रेखा थापाको प्रेमीको रुपमा चिनाउने आर्यन पूजा लामालाई जीवन साथी बनाउने सोच लागेको स्रोतको दावी छ ।
नेपाली कलाकारहरुको अमेरिकीमा विचल्ली
नेपालका कलाकारहरूले आफूलाई राष्ट्रको गहना भन्छन् र मुलुकले पनि त्यही दर्जा देओस् भन्ने चाहन्छन्। गहना यस्तो बस्तु हो, जसले मानिसको सौन्दर्य चम्काउँछ, अथवा गहना सजावटको बस्तु हो। आम मानिसले पनि कलाकारलाई विशिष्ट मान्छे मानेका हुन्छन्।
आफूलाई देशको गहना भन्न रुचाउने नेपाली कलाकारहरूले अमेरिका देखाएको गाईजात्राले यस्तै झल्को दिएको छ। नेपाली दर्शक र स्रोताको माया नपचेर ‘ठूलो भाग खान’ अमेरिका पलायन भएका नेपाली नायक–नायिका तथा गायक–गायिकाहरूले हालै अन्तर्राष्ट्रिय कलाकार मंच अमेरिकाको गठन गरेर लोक हँसाएका छन्। कलाकारिताबाट पलायन भएर डलर कमाउन अमेरिका छिरेका कलाकारहरूको संख्या यति छ कि हरेक गल्लीमा अहिले नेपाली कलाकार भेटिन्छन्। नेपालमा भन्दा नेपाली कलाकारहरूको संख्या अमेरिकामा धेरै भइसकेको छ, तर यहाँका नेपाली उनीहरूलाई कलाकार भन्दा पनि भूपू कलाकार भन्ने गर्छन्। बिभिन्न कार्यक्रमका नाममा अमेरिका छिरेर यतै लुकेर बसेको कलाकारहरूको संख्या अझ धेरै छ। हालैमात्र गठन गरेको भनिएको संस्थाका अध्यक्ष रामप्रसाद खनाल, शाही शासनको बेला ब्रम्हलुट गरेर लोकतन्त्र स्थापनापछि अमेरिका छिरेका लोकगायक हुन् भने घमण्डका कारण नेपालमा टिक्न नसकेर पलायन भएका नायक रमेश उप्रेती महासचिव बनेका छन्। बरिष्ठ नाट्यकर्मी
(मालती मंगले गीति नाटकका मंगले) हरिबहादुर थापा पनि अमेरिकामै भासिएको प्रमाण उनी सोही संस्थाको उपाध्यक्ष बनेपछि थाहा भएको छ। त्यस्तै थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याती कमाएकी र अमेरिका भासिएपछि बिहे गरेर पारपाचुके पनि भइसकेकी नायिका जल शाह पनि सो संस्थाको उपाध्यक्ष छिन्। नेपालका कति कलाकार अमेरिका पुगेका रहेछन् भन्ने यो संस्थाका सदस्यहरूको नामबाट थाहा हुन्छ। नायिका एवम् नृत्यंगना अनुपमा प्रसाईं कोइराला, निर्देशक कृष्णमुरारी ढुङ्गेल र चर्चित नायिका करिश्मा मानन्धर पनि अमेरिकामै छन्।  अमेरिकामा भेटिएका अन्य कलाकारहरूमा पूजा चन्द (बाल्टिमोर), नायक सुरेश मरहट्ठा, गायिका ममता दीपबीम (क्यालिफोर्निया, प्यारोडी सम्राट रतन सुवेदी (बाल्टिमोर), चर्चित नायिका एवम् नृत्यंगना सारंगा श्र्रेष्ठ (मारियान्ड), सुप्रसिद्ध गायक–गायिका एवम् पपस्टारहरू क्रमशः सुनिल उप्रेती (भर्जिनिया), सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर) चर्चित नायक सुधांशु जोशी, चर्चित हाँस्यब्यंग्यकार नारायण त्रिपाठी (वासिङ्टन डिसी, गायक खेम संग्रौला (भर्जिनिया), कलाकर्मी अनिल पाण्डे (क्यालिफोर्निया), कलाकर्मी एवम् चर्चित उद्घोषिका रचना सिंह (सन्फ्रान्सिस्को),  नयाँपुस्ताका प्रखर लोक तथा दोहोरी गायक पवन ओली (मारियान्ड र गायिका कमला खरेल (भर्जिनिया) रहका छन्।
―प्रविण गौतम, टेक्सास अमेरिका
Tags: Nepali Actor, USA, Nepali Cenema
प्रचण्ड, प्रभा र प्रकाश
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवाद लादेको, छोरालाई स्वकीय सहसचिव बनाएको र परिवारलाई नै अमेरिका लगेको आरोप लागिरहेको छ । प्रचण्डपुत्र प्रकाश दाहालको जीवन संर्घष् र विगत हेदा त्यस्तो पटक्कै लाग्दैन । कलिलै उमेरमा संघर्षले खारिएका युवा नेता प्रकाशले युद्धकालमा गरेका दुःख के आझेलमा परेकै हो - उहाँ भन्नुहुन्छ- पार्टीमा मेरो पनि आप\mनै खाले संघर्ष छ । मैले युद्धकालमा गरेको दुःख किन मान्छेहरुले बिर्सर्े हुन् - नातावाद र परिवारवाद भन्दा पनि पार्टर्ीीे जिम्मेवार सदस्यका हिसाबले बुवालाई मैले सहयोग गरेको हुँ । र्सार्वजनिक जीवनमा म प्रचण्डलाई अध्यक्ष, प्रधानमन्त्री नै भन्छु । मैले छोराका रुपमा व्यवहार गरेको छैन ।
प्रकाशको जन्म २०३८ साल असार १७ गते चितवनको शिवनगरमा भएको हो । उहाँका तीन दिदीहरु हुनुहुन्छ । जेठी दिदी ज्ञानु भारतमा हुनुहुन्छ । माइली दिदी रेनु दाहाल सभासद् हुनुहुन्छ र कान्छी दिदी गंगा प्रधानमन्त्री सचिवालयमा नै काम गर्नुहुन्छ । राजनीतिक रुपमा उहाँका दिदीहरु माओवादीका जिल्ला सदस्यका रुपमा काम गरिरहनुभएको छ ।
गाउँ शिवनगरमा नै हुकनुभयो प्रकाश । चार वर्षपछि उहाँको परिवार नारायणगढ बजारमा बस्न थाल्यो । कक्षा ४ सम्म त्यहाँ पढ्नुभयो अनि काठमाडौं पस्नुभयो । १५ वर्ष अर्थात् कक्षा ८ सम्म काठमाडौंमा पढेपछि उहाँ भारततिर लाग्नुभयो । पञ्जावमा १२ कक्षा पढ्नुभयो उहाँले । त्यतिबेला मुलुकमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा थियो ।
त्यतिबेला उहाँका पिता प्रचण्डले भन्नुभयो- जनताका छोराछोरीको यसरी हत्या भइरहेको छ, त्यसमा हाम्रो पनि त्याग चाहिन्छ । त्यसपछि प्रकाशले जनमुक्ति सेनाको कमान्डर हुने इच्छा राख्नुभयो । यो २०५८ सालको कुरा हो । माओवादी पोलिटब्युरोको बैठक चलिरहेको थियो । प्रचण्डलाई स्टाफ चाहिएको थियो । हिन्दी र पञ्जावी भाषा पनि जानेको, मान्छे पनि भारतीय जस्तो भएको र नेतृत्वलाई सुरक्षा पनि दिन सक्ने भएकाले प्रकाश पूणाकालीन सदस्यका रुपमा पार्टीमा होमिनुभयो र बुबाको स्टाफका रुपमा काम गर्न थाल्नुभयो ।
त्यसो त कक्षा १० पढ्दा नै प्रकाश पार्टीमा आबद्ध भइसक्नुभएको थियो । त्यहाँको नेपालीहरुको युवा संगठनको अध्यक्ष हुनुभएको थियो । प्रकाश भन्नुहुन्छ- म जन्मँदा नै बुबा भूमिगत हुनुहुन्थ्यो । घरमा माओका राता किताबहरु छरपष्ट हुन्थे । प्रहरीले छापा माथ्र्यो । कम्युनिष्ट भनेको के हो ? किन छापा मारेको होला ? जनताले किन दुःख दिएका होलान् ? भन्ने लागिरहन्थ्यो मलाई । प्रेरणा परिवारबाट लिएको हुँ, व्रि्रोही भावना ममा थियो ।
प्ूार्ण्र्ाालीन भएपछि प्रकाश पहिलोपटक बुबासँगै रोल्पा पुग्नुभयो । सेना र जनपरिषदको भेलामा थियो । उहाँलाई पनि आधार इलाका हेर्ने इच्छा थियो । त्यहाँ दुइ, तीन महिना बसेपछि भारत र्फकनुभयो । नेपाल-भारत आउजाउ भइरहन्थ्यो । उहाँले रोल्पा, रुकुम, जाजरकोट घुमफिर गर्नुभयो । लर्डाईंको प्रत्यक्ष अनुभव गर्नुभयो । कतिपय घटनामा त बाल बालले बच्न सफल हुनुभयो ।
सशस्त्र जनयुद्धकालमा अधिकांश समय प्रचण्ड भारतमा नै बस्नुभयो । तर,सुरेश आले मगर र मातृका यादव पक्राउ परेपछि भारतमा नेतृत्वको सुरक्षा गर्न कठिन हुन्छ भन्ने निष्कर्षनिकाल्यो पार्टर्ीी त्यसपछि दुइ, अर्ढाई वर्षरोल्प्ाामा बस्नुभयो । किनभने जनमुक्ति सेना नेतृत्वको सुरक्षा गर्न सक्षम भइसकेको थियो त्यतिबेला ।
१२ बुँदे समझदारीभन्दा अघि सम्म रोल्पामा हुनुहुन्थ्यो प्रचण्ड । त्यसपछि प्रकाश पनि बुबासँगै दिल्ली पुग्नुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायत महत्वपर्ूण्ा नेताहरुको बैठक भएको थियो दिल्लीम्ाा । प्रकाश भन्नुहुन्छ- त्यतिबला भारत जाँदा नेपालसम्म जनमुक्ति सेनाले नै सुरक्षा दियो । तर, प्रचण्ड भारततिर जान लागेको खबर तत्कालीन शाही सेनालाई थाहा रहेछ । त्यतिबेला बोर्डर क्रस गरेपछि अन्धाधुन्ध हवाई फायर भयो । भारतीय सीमामा पुगेपछि मैले आप\mनो जिम्मेवारी पूरा गरें । १२ बुँदे समझदारी ऐतिहासिक क्षण हो । त्यसलाई नेताहरुले किन बिर्सिरहेका छन् -
२०६२/६३ को लोकतान्त्रिक आन्दोलनका बेला दिल्लीमा नै हुनुहुन्थ्यो उहाँ । तर, माओवादीका कतिपय नेता, कार्यकर्ता भने काठमाडौंम्ाा आन्दोलित थिए । त्यतिबेला प्रचण्डको सुरक्षाका बारेमा अन्योल थियो । लोकतन्त्र घोषणा भएपछि प्रचण्डसहित उहाँ वीरगन्ज हुँदै मकवानपुर आइपुग्नुभयो । पार्टर्ीीे प्रशिक्षण थियो । चितवनमा आएर प्रचण्डले पहिलो टेलिभिजन अन्तर्वार्ता दिनुभयो । २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक हुनुभयो । प्रकाशले सामान्य युद्ध प्रशिक्षण त लिनुभयो तर जनमुक्ति सेनाको बिल्ला भने लिनुभएको छैन । उहाँले पार्टी सदस्यता लिएको १० वर्षभन्दा बढी भयो । पञ्जावमा नै उहाँले डिसिएम प्रकाशले सदस्यता दिनुभएको हो । अहिले राज्य समिति सदस्य हुनुहुन्छ ।
खुला राजनीतिमा प्रचण्ड बिहान ६ बजेदेखि राति ९ बजेसम्म भेटघाटमा ब्यस्त हुनुहुन्थ्यो । उहाँको भेटघाटको कार्यक्रम मिलाउने अनि सुरक्षा संवेदनशीलता बुभ\mने लगायतका व्यवस्थापकीय जिम्मेवारी प्रकाशले लिनुभयो । तर, उहाँ संविधानसभा निर्वाचन लड्नुभएन । उहाँ भन्नुहुन्छ- चुनाव नलड्दा त यस्तो छ । लडेको भए पत्रकार मित्रहरुले के लेख्नुहुन्थ्यो होला । म राजनीतिमा रहे पनि तत्काल मन्त्री बन्ने इच्छा छैन ।
प्रचण्ड प्रधानमन्त्री भएपछि स्वकीय सहसचिवका रुपमा बालुवाटारमा कार्यरत हुनुहुन्छ प्रकाश । स्वकीय सहसचिवका साथै छोराका रुपमा जिम्मेवारी पनि छन् उहाँका । राष्ट्रिय, अन्तर्रर्ााट्रय संयन्त्रको भेटघाट मिलाउनेलगायतका अफिसियल कार्यक्रमको व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्रीको सचिवालयमा शक्तिबहादुर बस्नेत, विके श्रेष्ठ, समीर दाहाल पनि हुनुहुन्छ । प्रकाश सिंहदरबारमा पनि पुग्नुहुन्छ ।
त्यसो त टिम राम्रो नभएर धेरै प्रधानमन्त्री विवादित भएका छन् । के यसपटक वप्रचण्ड सफल हुुनु होला - उहाँ भन्नुहुन्छ- हाम्रो इच्छा प्रधानमन्त्रीलाई सफल बनाएर मुलुकलाई सक्षम र उन्नत बनाउने हो । हाम्रा पनि केही कमीकमजोरी अवश्य छन् । तर, त्यसलाई सच्च्ााउँदै अघि बढ्न चाहन्छौं ।
प्रचण्डसँगै ब्ाालुवाटार मात्र होइन, अमेरिका पनि पुग्नुभयो प्रकाश । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँगको भेटका बेला प्रकाश सँगै हुनुहुन्थेन । किनभने प्रधानमन्त्री र प्रधानमन्त्री पत्नीलाई मात्र अनुमति थियो । प्रकाश, शक्तिबहादुर बस्नेतलगायत न्युयोर्कका साथीहरु ब्ाहिर सडकमा नै बस्नुभयो । उहाँ भन्नुहुन्छ- बुसकै पालामा हामीलाई आतंककारी सूचीमा राखियो । अहिले उसकै लाइनमा उभिनु रोचक क्षण हो । भन्न त विरोधीहरु सरकारी ढुकुटी खर्च गर्‍यो मात्र भनिरहेका छन् । तर, त्यसबाट ठूलो उपलब्धि भएको छ । माओवादीलाई आतंककारी सूचीबाट हटाउने र सबै सहयोग रहने बुसको वचन पाउनु कम होइन ।
कमरेड प्रकाशलाई राजनीतिक रुपमा अमेरिका नेपालभन्दा कट्टर जस्तो लाग्यो रे । तर, विकासका दृष्टिले अद्भुत लाग्यो । नेता, जनता सबै इम्ाानदार बन्ने हो भने नेपाललाई अमेरिका जस्तै बनाउन सकिन्छ । प्रकाश थप्नुहुन्छ- अहिले हामी बालुवाटारमा भएर पनि सामान्य जीवन नै बिताइरहेका छन् । प्रधानमन्त्रीको डेढ लाखको खाटको कुरा गरिन्छ । त्यसमा कांग्रेसको षड्यन्त्र रहेछ । वानेश्वरको फर्निचरमा गएर बुझे हुन्छ । हामी त रेल वे प्लेटफार्ममा कागज ओछ्याएर सुतेर आएका मान्छे हौं । बुबा अहिले भुइँमा सुत्ुनुहुन्छ । त्यसअघि बुबाले डेढ लाखको घडी लगाएको चर्चा गरे । बालुवाटारको ३ नं गेटमा आउनोस्, ३० हजार रुपियाँ ल्याउनोस्, हामी दिन तयार छौं ।
प्रधानमन्त्री प्रचण्डको भान्सामा सामान्य खाना पाक्छ । प्रचण्ड बिहान सादा रोटीका साथमा लौका र आलुको तरकारी खानुहुन्छ । दिउँसो खाना खानुहुन्छ । राति टमाटर अचार, साग, भात र दाल खानुहुन्छ । हप्त्ाामा दर्ुइ छाक कुखुराको मासु खानुहुन्छ । ग्यास्टिकको समस्याले गुन्द्रुक खान सक्नुहुन्न । प्रकाश बुबाले थकित भएका बेला डेढ पेगसम्म रक्सी पिउने बताउनुहुन्छ । त्यसमा कुनै बान्ड छैन । लोकल कोदोको भए पनि हुन्छ ।
प्रचण्ड दस बजे सुतिसक्नुहुन्छ, बिहान ४, ५ बजे उठिसक्नुहुन्छ । र, अध्ययनमा बिताउनुहुन्छ । प्रचण्डले १०, १५ मिनेट रामदेवको योगा गर्नुहुन्छ । प्रकाशका दृष्टिमा प्रचण्ड आम नागरिकसरह सरल, मिलनसार, स्वाभाविक हुनुहुन्छ । गाडीको लस्कर लगाउनुभन्दा हिँड्न रुचाउनुहुन्छ । लगाउनमा चाहिँ शौखिन हुनुहुन्छ । लुगा प्रकाशले किनिदिनुहुन्छ । उहाँ अहिले पनि आफूले खाएको भाँडा माभ\mन तम्सिनुहुन्छ ।
प्रचण्डपुत्र प्रकाश आफू पार्टर्ीीत्तराधिकारीका रुपमा नरहेको बताउनुहुन्छ । उहाँलाई मनपर्ने नेता प्रचण्ड हो । अक्षय कुमार मनपर्छ हिरोमा । हिरोइनमा कुनै छनोट हुन्छ । लगाउनमा कुनै शोख छैन । सोह्रखुट्टेको शानदार मःम खुब खानुभयो उहाँले । मन्दिर दर्शन गर्न जानुहुन्न । प्रकाशसित सम्पत्तिका रुपमा केही छैन । उहाँ भन्नुहुन्छ- हाम्रो उद्देश्य पैसा कमाउने होइन । त्यसरी देश बन्दैन । गाडी चलाउने शोख छ उहाँको । प्रचण्डलाई सुर्खेत-पोखरा, पुव पश्चिम पुर्‍याउनुभयो । जनयुद्धका सुरु सुरुमा भारतमा कति रात भोकै सुतेको, ओढ्ने नभएर लुँगी ओढेर सुत्नुभयो । मृत्युलाई हात लिएर हिँड्नुभयो । प्रकाशकी माता सीता दाहाल पनि सरल हुनुहुन्छ । प्रचण्डलाई आँसुमा आँसु, हाँसोमा हाँसोमा साथ दिनुभयो ।
केटाकेटीमा भोजमा छ्याङ खाएको बाहेक रक्सी र चुरोट भएको होइन । नभेटेका नेतामा माओबाट प्रभावित हुनुहुन्छ । पार्टर्ीीत्रका नेतामा पोष्टबहादुर बोगटी, किरण, बाबुराम भट्टर्राई सबै मनपर्छन् । दाङ कारबाहीको सानदार जित खुसी र शाही सेनाले पश्चिमका १५ सय आतककारी मारिएको प्रचार गरेका बेला आमाबाबुसित बर्म्बईमा रोएको क्षण उहाँ बिर्सनुहुन्न ।
प्रकाशले ५, ६ वर्षघि प्रभ्ा बोगटीसित पहिलो विवाह गर्नुभयो अनि सहमतिमा छाड्नुभयो । जनमुक्ति सेना प्रभासित पार्टीी सम्बन्ध यथावत् छ । प्रेम भएको थियो, उहाँहरुको । तर, केही मनमुटावका कारण वैवाहिक यात्रा टुंग्याउनुपरेको उहाँ बताउनुहुन्छ । राजनीतिक जीवन लम्याएर विवाह गर्ने योजना थियो उहाँको । तर, विभिन्न प्रस्ताव आइरह्यो उहाँले । पोखरा हेम्जातिरका मामाको दबाबका कारण सिर्जना त्रिपाठीसित दोस्रो विवाह गर्नुभयो । सामान्य र सरल युवती देखेर ममीले मन पराउनुभयो र उहाँले विवाह गर्नुभयो । पहिलो विवाहमा उहाँका सन्तान भएनन् । उहाँ भन्नुहुन्छ- जीवन दुःखसुखको क्रम हो, पारिवारिक जीवनमा आएकाले प्रभाको सम्झना आइरहन्छ ।
प्रकाशको विचारमा प्रेम जीवन हो, हार्दिकता र निकटता हो । पे्रेम नै सेक्स होइन । सेक्स प्रकृतिको देन हो । सेक्सविना पनि जीवन सम्भव छ । विवाहपछि प्रकाश हनिमुनका लागि विदेश जानुभएन । नयाँ बजार घरमा नै हनिमुन बित्यो । उमेरमा उहाँले बुबासितै बिताउनुभयो । पार्टीमा खट्नुभयो । प्रवासमा उहाँको एक युवतीसित प्रेमपत्र आदानप्रदान भएको थियो । तर, उनको विवाह भइहाल्यो ।
ममताले दुइ करोड मागिथिइन् रे !
नवोदित नायिका ममता प्रधानले निर्माता संजय कुटु र निर्देशक कृष्ण चापागाइंले फिल्म खेलाउंछु भनेर आफू माथि बलात्कार गर्न खोजेको कुराको पर्दाफास गरेर उनीहरुमाथि बलात्कार प्रयासको मुद्दा हालेपछि नीज आरोपीत कुटु र चापागाइ” हाल सर्म्पर्क बाहिर छन् । नायिका प्रधानले आफूमाथि भएको उक्त अन्यायको कडा प्रतिकार स्वरुप पुलीसमा उनीहरुलाई कानूनी कार्वाही गरिपाऊ भनेर मुद्दा हालेको पनि झण्डै एक महिना बित्न लागीसकेको छ ।
तर यतिका दिनसम्म पनि उनीहरुलाई पुलीसले पक्राउ गर्न सकेको छैन । अहिले नायिका ममता दशै मनाउन आफ्नो घर बिराटनगरमा छिन् भने आरोपीत कुटु र चापागाइं कहां छन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन । उनीहरुको मोवाइल अफ छ ।
नायिका ममता उनीहरुलाई कानूनी कार्वाही गराएरै छाड्ने दृढ संकल्प गरेर बसेकी छिन् । उनले बारम्बार पुलीसलाई गुहारिरहेकी छिन् । पुलीसले पनि उनलाई ‘तिमीले न्याय पाउछौ । दोषीहरु माथि कार्वाही गरेरै छाड्छौ । चिन्ता नगर ।’ भनेका छन् रे । ममताका अनुसार कुटु र चापागाइले आफू माथि गरेको दुर्ब्यवहारको बिरुद्धमा लाग्न निर्माता/निर्देशक नरेश पौडेलले पनि सहयोग गरिरहेका छन् रे । किन भने, ममता निर्देशक पौडेलेको निर्माणाधीन चलचित्र ‘दीपशिखा’ की उनी नायिका हुन् । त्यसकारण पनि आफनो चलचित्रको नायिकालाई परेको अन्यायको बिरुद्ध उनलाई सहयोग गर्नु कुनै नौलो कुरा होइन ।
नायिका ममताले फोनमा बताएअनुसार अहिले निर्माता संजय र निर्देशक कृष्ण उनको सर्म्पर्कमा छैनन् रे । ममताका अनुसार कुटु र चापागाइले आफूमाथि गरेको दुर्व्यवहारको बारेमा पर्दाफास गर्न आफूले आयोजना गरेको पत्रकार सम्मेलनको दिनदेखिनै उनीहरु सर्म्पर्कबिहीन छन रे । केही दिन अघि मात्र निर्माता संजय कुटुका भाइले ममतालाई फोन गरेर ‘जे भो भो । मुद्दा फित्ता लेउ ।’ भनेका थिए रे । ‘मैले मुद्दा किन फित्ता लिने - मैले पहिला उनीहरुलाई एक चोटी माफ गरिदिए” । तर फेरि उनीहरुले मेरो बारेमा अन्टसन्ट बोल्दै हिडेछन् । मलाई त्यो कुरा सह्यै भएन । मैले उनीहरुमाथि कानूनी कार्वाही गर्ने कुरा गरे । उनीहरुले ‘यसो नगर । हामी बरु तिमीस”ग र्सार्वजनीक रुपमै माफी माग्छौ । तिमी पत्रकार सम्मेलनको आयोजन गर ।’ भने मैले प्रेस सम्मेलन आयोजना गरें । तर, उनी त्यहा आउदै आएनन् । अनी मैले कति सहने - उनीहरुलाई माफी माग्ने अर्काे एक मौका त मैले दिएकै हु नि । ढिलो चाडो जहिले भए पनि उनीहरुलाई कानूनले नै सजाय दिन्छ भनी म पर्खी बसेको छु ।’
ममताका अनुसार चापागाइ र कुटुले उनलाई माओवादी लागाएर थर्काउने प्रयास पनि गरेका थिए रे । यि त भए ममताका एकतर्फी कुरा । आरोपीत कुटु र चापागाइ”का कुरा चाहि के छन् त - यो कुरा जान्ने कौतुहलता हुदाहुदै पनि उनीहरु सर्म्पर्कबाहिर हु”दा सयौ कोशीस गर्दा पनि उनीहरुको कुरा सुन्न, प्रकाशन गर्न पाइएको छैन । तर, निर्माता कुटुका एक निकट मित्रले ‘प्लीज मेरो नाम नछापीदिनुहोला’ भन्दै ‘ममताले उनीहरुलाई फसाउन खोजेकी हो । उनीहरुको केही दोष छैन । यार…आगोको अगाडि नौनी नपग्लीकन रहन सक्छ र - होला, उनीहरुको पनि केटी देखेपछि आंखा लोभी मन पापी बन्यो । यो चाहि कुन ठूलो कुरो हो र - यस्तो पाजी कुरालाई ‘इस्यु’ बनाउनु नै नहुने हो । ममताले कुटु र चापागाइसग एक-एक करोड रुपैया मागेकी थिइ” । त्यत्रो पैसा पनि कसैले दिन सक्छ । उनीहरुले खासै के गल्ती गरेका छन् र - पछि बार्गेनीङ गरेर दर्ुइ लाख मागीछ । उनीहरुले सोचे, यार हामीले केही गल्ती नै गरेका छैनौ । हामीले किन पैसा तिर्ने - जे गर्न सक्छे, गरोस् भनेर निच मारेका हुन् । तर, अहिले कुटुसंग पनि मेरो सर्म्पर्क छैन । मैले पनि फोन गरेको । मोबाइल अफ छ ।’
तिमीले कुटु र चापागाइसग दुइ करोड मागेको थियौ रे, पैसा नपाएपछि तिमीले उनीहरुलाई बर्बाद गर्न यो आरोप लगाएको हो रे नि, भनि सोध्दा ममता फोनमै राक्किइन् ,’हरे राम । यस्तो पनि कही हुन्छ - फेरि उनीहरुको दुइ करोड दिन सक्ने हैसियत छ - उनीहरु अहिले बौलाएका छन् । जे पनि बोल्छन् । मैले ममाथि भएको दुर्ब्यवहारको कानूनी उपचार खोजेकी हुं । ताकी भोलिका दिन फेरि अर्काे नवनायिकाले मैले जस्तो ब्यावहार भोग्नु नपरोस् । मलाई अरु कुरासग केही मतलब छैन । म त अन्यायमा परकी छु । न्यायको खोजीमा छु । यदि उनीहरुको गल्ती नहुदो हो त अहिले किन लुकीरहेका छन् -’
ममताका कुरा त सुनीयो तर आरोपीत कुटु र चापागाइ चाहि के भन्छन् त - जसै उनीहरुसग सर्म्पर्क होला, तब उनीहरुको बोली पनि पाठक सामु आउने नै छ । गल्ती भएको भए पनि अब अरु केही उपाय छैन । आफूलाई पुलीसको हातमा सुम्पीएर कसुर अनुसारको सजाय भोग्नै पर्यो । ल, गल्ती नै गरिएको छैन भने पनि र्सार्वजीक भएर आरोपको कानूनी प्रतिकार गरौ कुटु एण्ड चापागाइ बन्धु । यसरी सर्म्पर्क बिहीन नहोऊ । त्यसो गरे कसो होला ।
सबैथोक ब्रामै
प्रतिष्ठित बन्नका लागि महँगा गरगहना प्रयोग गरिन्छ। ती गरगहना सजाउने ठाउँ भनेको गला, टाउको र हात नै हो। झट्ट मान्छेको आँखा त्यहीँ पर्छ र प्रतिष्ठाको मूल्यांकन हुन्छ। मुख्यतया कानमा झुण्डिने र हारका रूपमा लगाइने गहगहनाको मूल्य कति नै पो हुन्छ र। गरगहनाले भरिभराउ भएर प्रतिष्ठित देखिनेका लागि अब ब्रा नै तयार भएको छ। मानिसहरूको अर्जुनदृष्टि पनि महिलाको वक्षस्थलमै पर्ने भएकाले मूल्यवान वस्तु जडित ब्रा तयार गरिएको निर्माणकर्ताको दाबी छ। ३० लाख पाउन्ड पर्ने उक्त ब्रा भिक्ट्रोरिया सेत्रे्कटले सार्वजनिक गरेकी हुन्। उक्त ब्रामा हजार जति मसिना काला हीरा जडित छन्। एक सय १७ वटा गोला हीरा र ३४ रत्न जडित छन्। काला हीरा जडित अद्भूत ब्रा लगाउँदा स्तनलाई हलुका महसुसमात्र हुँदैन, अग्लो र आकर्षक पनि देखिने निर्माणकर्ताको दाबी छ।
सगरमाथामा सुन्दरी बबाल,कान्तिपुरमा राजीनामाको लहर
लगानीकर्ताहरूबीचको झगडाका कारण घिटीघिटी अवस्थामा बाँचिरहेको नेपालको पहिलो समाचार च्यानल सगरमाथा टेलिभिजनमा पुनः भागदौड मच्चिएको छ। प्रमुख लगानीकर्ताहरू निर्मल गुरुङ र अनिल जोशीबीच स्टाफहरूको विषयमा झगडा भएपछि तिहारको मुखमा पत्रकार कर्मचारीले तलबसमेत नपाउने भएका छन्।
सगरमाथामा सिर्जना भएको पछिल्लो लफडामा एकजना सुन्दरी पनि तानिएकी छिन्। पटक–पटक स्थगित भइसकेको मिस नेपाल, २०६५ की प्रतियोगीसमेत रहेकी एलिजा गिरी प्रकरण कोट्याउँदा सगरमाथाका समाचार प्रमुख पुष्प अधिकारीले समेत जागिरबाट हात धुनुपरेको चर्चा पत्रकारहरूबीच चलेको छ। निर्मल गुरुङ र अनिल जोशीबीच करिब तीन महिनाअघि कृत्रिम मिलापत्र भएपछि निर्मलले पुष्प अधिकारीलाई समाचार प्रमुखमा नियुक्त गरेका थिए भने अनिल जोशी निकट रहेका तत्कालीन कार्यवाहक समाचार संयोजक चिरञ्जीवी देवकोटालाई एंकरमा मात्र सीमित गरिएको थियो।  अनिलले नियुक्त गरेकी सुन्दरी एलिजा गिरीलाई निर्मल गुरुङ आएपछि हटाइएको थियो। अनिलको आडमा सगरमाथाका पत्रकारहरूलाई समेत हप्काउने सामर्थ्य राख्ने एलिजालाई समाचार संकलन र एंकरिङको सामान्य ज्ञान नभए पनि उनले थर्काएर जागिर खाँदै आएको पत्रकारहरू बताउँछन्। उनीसँग जोडेर केही दिनअघि स्टाफ मिटिङमा समाचार प्रमुख पुष्प अधिकारीले केही कुरा उठाएका थिए, तर रहस्यात्मक रूपमा उनी सगरमाथा नै छाडेर हिँड्नु तथा त्यसको लगत्तै निर्मल र अनिलबीच झगडा बल्भि्कनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बेलाबेलामा सगरमाथामा झुल्किरहने एलिजा अब पुनः फर्किने चर्चा पनि सगरमाथामा चलेको छ।
मालिकहरूको झगडा चर्किएपछि हालैमात्र इमेज च्यानल छाडेर सगरमाथामा उत्साहसाथ गएका पत्रकारहरू संकेत कोइराला, सुरज आचार्य र प्रकाश गिरी अन्योलमा परेका छन्। निर्मल गुरुङका अत्यन्त विश्वासपत्र प्रमोद सेढार्इं अनिल जोशीसँग झगडा गरी बिदामा बसेका छन् भने अन्य पत्रकारहरू पनि अन्योलग्रस्त बनेका छन्। सगरमाथाका पत्रकार कर्मचारीको तलब निर्मलले व्यहोर्दै आएको र उनले अनिलसँगको मुद्दा टुंगो नलगाई तलब दिन्न भन्न थालेपछि उनीहरू चिन्तामा परेका छन्।  कान्तिपुरमा राजीनामाको लहर उता, कान्तिपुरबाट राजीनामा दिने पत्रकारहरूको संख्या थपिएको छ। पछिल्लोपटक सुबोध गौतम, भोजराज भाट, माधव ढुंगेल, लेखनाथ पाण्डे, अमृत भादगाउँलेलगायतले राजीनामा दिएका छन्। यसअघि नै बलराम बानियाँ, उजिर मगर, घनश्याम ओझा, सुदीप श्रेष्ठ, गिरिश गिरी, फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, विकास कार्कीहरूले राजीनामा दिइसकेका छन्। राजीनामा दिएकामध्ये उजिर मगर र सुबोध गौतमबाहेक अधिकांशले नारायण वाग्लेले नेतृत्व गर्ने दैनिकीमा काम गर्ने भएका छन्। उता, कान्तिपुरबाट ७० करोड रूपैयाँ बोकेर निस्किएको ज्ञवाली परिवारले नागरिक राष्ट्रिय दैनिक नेपालीमा र अंग्रेजीमा न्युजफ्रन्ट दैनिक निकाल्ने भएको छ। नेपाली र अंग्रेजी दुवै पत्रिकाको सम्प्ाादक युवराज घिमिरेलाई बनाइने भएको छ। तर घिमिरेले भने आफू समयलाई पनि निरन्तरता दिने पक्षमा रहेको र यसका लागि दुवै पक्षको व्यवस्थापनसँग कुराकानी भइरहेको बताएका छन्।
हिमाल मिडियाको नाटक उता, ओभर स्टाफिङ भयो भन्दै श्रमजीवी पत्रकार ऐन र श्रम ऐनविपरीत कर्मचारीहरूलाई अवकाश दिएको हिमाल मिडियाले यसै साताको नेपाली टाइम्समा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। पुराना कर्मचारीहरूलाई ट्रेड युनियन खोलेको अभियोगमा हिमाल मिडियाले अवकाश दिएको थियो। श्रम ऐन लागू गर्नुपरेमा प्रकाशन नै बन्द गर्ने कनकमणि दीक्षित र कुन्द दीक्षितको अडानका अगाडि नेपालका ट्रेड युनियनहरूसमेत झुकेका थिए। उनीहरूले ओभर स्टाफिङका कारण कम्पनी बन्द हुने अवस्थामा पुगेको भनी करिब दुई दर्जन कर्मचारीलाई अवकाश दिएका थिए। तर त्यसको लगत्तै कर्मचारीको आवश्यकता भन्दै विज्ञापन गर्नुले यसअघिको उनीहरूको भनाइ केवल नाटक सिद्ध भएको पीडित कर्मचारीहरू बताउँछन्।
अलकायदापछि माओवादी नै धनी!
मध्यपश्चिम एसियाका १६ राष्ट्रलाई एकीकरण गरी शक्तिशाली राष्ट्र बनाउने अभियानमा लागेको इस्लामिक लडाकू संगठन अलकायदाकै हाराहारीमा नेकपा माओवादीले आफ्नो आर्थिक हैसियत पुर्‍याएको दाबी गरिएको छ। केही समयअघि श्रीलंकाको कोलम्बोमा सम्पन्न अन्तरदेशीय सैनिक अधिकारीहरूको गोष्ठीमा अमेरिकी गुप्तचर संस्था (सीआईए) का एक अधिकृतले उक्त रहस्य खोलेका हुन्। सीआईएको पछिल्लो रिपोर्ट उद्धृत गर्दै ती अधिकृतले भने, नेपालजस्तो सानो र गरिब देशमा सञ्चालित एउटा पार्टी अलकायदाकै हाराहारीमा आर्थिक हैसियतमा पुग्नुलाई हामीले रहस्यका रूपमा लिएका छौं। कतै  पर्दा पछाडि बसेर कुनै शक्तिराष्ट्रले नेपालका माओवादीलाई सहयोग गरिरहेको त छैन? उनको विश्लेषण थियो।   ओसामा विन लादेनले नेतृत्व गरेको अलकायदा संगठनलाई कुन देशले सहयोग गरेको छ? भन्ने रहस्य संयुक्त राज्य अमेरिकाले समेत अहिलेसम्म पाउन
सकेको छैन, तर अलकायदाको आधार इलाका भने अरेवियन तथा मध्यपश्चिम एसियाका सबै राष्ट्रमा रहेको छ। पाकिस्तान, अफगानिस्तान, काजकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, कीर्गिस्तान टर्की, इराक, कुवेत, साउदी अरब, यमन, संयुक्त अरब इमिरेट्स, लेबनानलगायत पश्चिम चीनका दुईवटा प्रान्त तथा भारतको कास्मीर र पञ्जाबका केही भू–भाग मिलाएर विशाल इस्लामिक राष्ट्र बनाउने अलकायदाको योजनामा पेट्रोलियम पदार्थको व्यापारबाट आउने ठूलो मुनाफा खर्च गरिएको छ। तर नेपालका माओवादीको स्वदेशमै जनवादी गणतन्त्र स्थापना गर्नेबाहेक त्यति महत्वाकांक्षी लक्ष्य सार्वजनिक भएको छैन। केही वर्षअघि दक्षिण एसियामा कम्युनिस्ट सोभियत निर्माण गर्ने चर्चा पनि पछिल्ला दिनमा सेलाइसकेको छ। यतिसम्मका प्रधानमन्त्री पुष्पकमल दाहालले नौ दिन अमेरिका भ्रमण गर्दा एक दर्जन कार्यक्रममा भाग लिनुभयो, तर एक दिन पनि जनयुद्धको उच्चार गर्नुभएन। बरु १९ दिनको जनआन्दोलनले नेपाल विश्वमा चिनिएकोमा गर्व गर्नुभयो। खुला राजनीतिमा आएपछि केही अस्पताल, विद्यालय एवं होटल, रेस्टुरेन्टबाहेक अरु व्यवसायमा माओवादीले हात हालेको देखिएको छैन। गाँजा तथा अफिम, जंगली जनावरका हाड, यार्चागुम्बालगायतका जडीबुटी, रक्तचन्दनबाहेक अन्य कारोबार माओवादीले सञ्चालन गरेको पनि देखिएको छैन। उद्योगधन्दा, पर्यटक, कर्मचारी तथा व्यापारीसँग चन्दा असुल्नेबाहेक कुनै मोटो रकमको स्रोत माओवादीसँग भएको प्रमाण पनि अहिलेसम्म भेटिएको छैन। सत्तामा रहेर सरकारी ढुकुटी आफ्नो पार्टीमा ओइराएको पनि माओवादीले छैन। आफ्ना छापामारका लागि भनेर छुट्याएको पाँच अर्ब, गाउँ विकास समितिका लागि भनेर छुट्याइएको नौ अर्ब, निरक्षरता अभियानका लागि भनेर छुट्याइएको दुई अर्ब, सहकारीका लागि भनेर छुट्याइएको डेढ अर्ब गरी १७ अर्ब रुपैयाँबाहेक राज्यको ढुकुटीबाट माओवादीले ठूलै रकम अपचलन गर्नसक्ने सम्भावना पनि छैन।
यसरी विश्लेषण गर्दा माओवादीसँग एक खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति नभएको अनुमान लगाइएको छ। सीआईएको रिपोर्टजस्तै अलकायदाकै हाराहारीमा माओवादीको आर्थिक हैसियत पुगेको हो भने पक्कै पनि विदेशीहरूको भूमिगत लगानी भएको हुनुपर्ने अनुमान धेरैको छ। तर माओवादी जनसेनालाई तालिम दिनेबाहेक अन्य सहयोग छिमेकी मित्रराष्ट्र चीनले पनि गरेको देखिएको छैन। आईएसआईको सहयोग प्रस्तावलाई त आफूले ठाडै इन्कार गरिदिएको माओवादी नेता पुष्पकमल दाहालले भारतमा गएर बताइसकेकै छन्।
बिहेपूर्व नै शारीरिक सम्बन्ध भयोः निखिल
हिजोआजका चर्चित र व्यस्त अनि लोकप्रिय नायक निखिल उप्रेती आजको दिनसम्म कसरी आइपुगे, कस्ता छन् उनको जीवनका आरोहअवरोह - आउनुस् जानौं उनीबाटै, तपाईंहरुकै प्रिय स्तम्भ पहिलो पाइलामाः
पहिलो क्यारियर ?
मेरो क्यारियर प्रशिक्षकबाट शुरू भएको हो। म मुम्बईमा हुँदा बलिउडको एउटा इन्स्टिच्युटमा अभिनयको प्रशिक्षण लिन्थेँ र पछि त्यहीँ द्वन्द्वसम्बन्धी प्रशिक्षण दिने मौका पाएँ।
यसो गर्दागर्दै बलिउड चलचित्र उद्योगमा स्टन्ट गर्न थालेँ। यही क्रममा नेपाली चलचित्र उद्योगमा मैले क्यारियर बनाएँ। यसरी हेर्दा द्वन्द्व प्रशिक्षणबाटै मेरो कलाकारिताको क्यारियर शुरू हुन पुग्यो।
पहिलो चलचित्र ?
काठमाडौं आएपछि पहिलो पटक पिँजडा नामक चलचित्रमा काम गर्ने मौका पाएँ। आफ्नो फिल्मी क्यारियरको शुरूकै त्यो फिल्ममा मैले ज्यानको बाजी लगाएर सात तलाबाट हाम फालेँ।
दर्शकले पनि यसलाई सहर्ष स्वीकार गरिदिनुभयो। हुन त सबै जना मबाट अहिले पनि त्यस्तै स्टन्ट गराउन र हेर्न चाहनुहुन्छ। तर मचाहिँ केही नयाँ कुरा गरेर देखाउन चाहन्छु। जेहोस्, पहिलो चलचित्र पिँजडाले आज मलाई यहाँसम्म ल्याइपुर्‍याएको छ, दर्शकको माया दिलाएको छ र नायक बनाएको छ।
पहिलो सफलता ?
क्यारियरको फस्ट फिल्म पिँजडाबाटै मैले सफलताको मीठो स्वाद चाख्न पाएँ। यो फिल्ममा काम गरेपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन, खुसी लाग्छ। म अहिले जसरी २४ घन्टामा लगातार १६ घन्टा काम गरिरहेको छु, त्यो सबै पिँजडाकै प्रतिफल हो।
पहिलो असफलता ?
धेरै छन्, तर पहिलो असफलता कुन हो त्योचाहिँ सम्झिन सक्दिनँ। विशेष गरी स्टन्ट गर्ने क्रममा सुरक्षाको साधनको कमी र असन्तुलनका कारण असफल हुँदै धेरै पटक लडेको छु, घाइते भएको छु र चोटपटक लागेको छ।
भाग्यविधाताको सुटिङमा त रुखबाट लडेर दाहिने खुट्टै भाँचिएको थियो। मेरो असफलता भनेको यही नै हो।
पहिलो दुर्घटना ?
स्कुले विद्यार्थी हुँदा कागती खाने क्रममा नराम्ररी अड्किएको थियो। मेरो जीवनको पहिलो दुर्घटना नै त्यही थियो। त्यतिखेर एक मिनेट मात्र ढिलो भएको भए प्राण नै जान सक्थ्यो र म आज यसरी तपाईंसँग कुरा गरिरहेको हुन्नथेँ।
पहिलो पटक हेरेको चलचित्र ?
माइतीघर। त्यो फिल्म बच्चामा गाउँमै हरेको थिएँ। त्यतिखेर गाउँमा एउटै हल थिएन। प्रोजेक्टर लगेर चौरमा देखाइएको थियो। त्यसको सबै कुरा त याद छैन, तर माइती घर माइती घर भन्ने गीतचाहिँ कण्ठैजस्तो भएको थियो, अरूचाहिँ टुक्राटाक्री मात्रै याद छ।
पहिलो पटक हेरेको नीलो चलचित्र ?
एसएलसी दिइसकेपछि वीरगन्जमा हेरेको थिएँ पहिलो पटक नीलो चलचित्र। त्यो अंग्रेजी भाषामा थियो, तर नामचाहिँ याद छैन। साथीहरूसँग गएर लुकेर हेरेको थिएँ त्यो ब्लु फिल्म।
कस्तो भने ब्लु फिल्म भनेर सुनेको थिएँ तर कहिल्यै हेरेको थिइनँ। यसरी पहिलो पटक ब्लु फिल्म हेर्दा रमाइलो लाग्यो। केही नयाँ कुरा जानेजस्तो र सिकेजस्तो लाग्यो। अहिले पनि फुर्सद मिल्यो भने कहिलेकाहीँ ब्लु फिल्म हेर्छु।
पहिलो प्रेम ?
सर्लाहीमा ४/५ क्लासमा पढ्दा अपोजिट सेक्सको भावनाले हो या बचपनले हो अथवा आकर्षणले गर्दा हो म भन्न सक्दिनँ। तर त्यही उमेरमा पनि लभ चलेको थियो।
एसएलसी दिइसकेपछि पनि एउटीसँग लभ चल्यो। पछि काठमाडौं आएपछि पनि एउटीसँग प्रेम भयो। तर त्यो शारीरिक चाहना थियो या वास्तविक प्रेम, म अहिले पनि भन्न सक्दिनँ। केही समय चल्यो, ठाउँ परिवर्तनसँगै टुंगियो पनि। तर दुःख भने लागेन।
बरु छ/सात वर्ष प्रेम चलेपछि कोपिलासँग बिहे गरेँ। यो नै मेरो जीवनको म्याचुअर्ड र महत्त्वपूर्ण प्रेम थियो।
पहिलो चुम्बन ?
स्कुललाइफमा सँगसँगै पढ्दै गर्दा एउटीसँग शारीरिक आकर्षणको प्रेम बस्यो। उनै गर्लफ्रेन्डसँग हात मिलाइयो, हक गरियो र चुम्बन साटासाट गरियो। मेरो पहिलो चुबन नै त्यही थियो।
पहिलो शारीरिक सम्बन्ध ?
पहिलो शारीरिक सम्बन्ध बिहेपूर्व नै भयो। विद्यार्थीकालमा सँगै पढ्ने क्रममा जोसँग चुम्बन साटियो, उनैसँग शारीरिक सम्बन्ध हुन पुग्यो। तर त्यो सम्बन्ध आपसी प्रेम, सल्लाह र सहमतिमै भएको थियो।
पहिलो गल्ती ?
जिन्दगीमा धेरै गल्ती गरिएको छ। तर सबै गल्ती अञ्जानमा भए र ती गल्ती सानातिना थिए। तर कसैलाई बिगार्ने र नाश गर्ने गरी अहिलेसम्म कुनै गल्ती गरेको छैन।
पहिलो सजाय ?
मलाई आजसम्म कसैले सजाय दिएको छैन। बरु आफ्नो कामबाट आफैंले सजाय पाइरहेको हुन्छु, समयले नै सजाय दिइरहेको हुन्छ।
विदुर गिरी/समाचारपत्र
नायिका प्रधानले चापागाइँ र कुटुको कर्तुतको पर्दाफास गरिन्
लक्ष्मण सुवेदी, काठमाडौं । नवोदित नायिका ममता प्रधानले निर्देशक कृष्ण चापागाइँ र निर्माता संजय कुटुले आफ्नो चलचित्रमा नायिका बनाउने प्रलोभनमा आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै सम्पूर्ण घटनाविवरण सुनाएकी छिन् । रिपोर्र्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले नीजहरुमाथि कडा कानुनी कार्वाहीको माग गरिन् ।
दर्जनौं पत्रकारको प्रश्नको वर्षालाई सामना गरेकी उनले पटक पटक रुदै घटनाविवरण सुनाइन् । उनले भनिन्,’नेपाली चलचित्रमा कुनैपनि नायिकामाथि अब यस्तो घटना नदोहोरियोस् ।’ अग्रज नायिकाहरुले विगतमा यस्तो हिम्मत गरेको भए आफूले यस्तो दुर्व्यवहार सहनुनपर्ने अवस्था आउथ्यो भन्दै दोषीमाथि कारबाही गराएरै छाड्ने बताइन् । आफूले गल्ती नगरेकाले नझुक्ने बताइन् । उनले भनिन्,’नबिराउनु नडराउनु भन्छन्, म आज साहसका साथ उपस्थित भएको छु । सबैले सहयोग गर्ने अपेक्षा गरेको छु ।’
नवोदित नायिका प्रधानका अनुसार निर्देशक चापागाई र निर्माता कुटुले झण्डै एक महिना अघि उनीमाथि छुट्टाछुट्टै रुपमा बलात्कारको प्रयास गरेका थिए । नायिका प्रधानले उनीहरुको दुस्साहसको प्रतिकार गरेपछि उनीहरुले ममतासँग माफी मागेका थिए । त्यसपछिका दिनहरुमा निर्माता कुटु र निर्देशक चापागाइँले आफ्नो चरित्रको बारेमा नकारात्मक टिप्पणीहरु गर्दै हिडेकाले आफू बाध्य भएर महिला सेलमा बलात्कार प्रयासको आरोपमा नीजहरु बिरुद्ध मुद्दा दायर गरेको कुरा बताइन् । सम्मेलनमा नायिका प्रधानले निर्माता कुटु र निर्देशक चापागाइँ बिरुद्ध मुद्धा हालेपछि उनीहरु डराएर,’तिमीले पत्रकार सम्मेलन आयोजना गर । हामी त्रि्रो खुट्टा ढोगेर र्सार्वजनीक रुपमा माफी माग्छौ । तिमीलाई पचास हजार रुपैयाँ पनि दिन्छौ । हामी बिरुद्धको मुद्दा फित्ता लेउ ।’ भनेकाले आफूले पत्रकार सम्मेलन आयोजना गरेको कुरा बताइन् । तर, उक्त सम्मेलनमा बलात्कार प्रयासका आरोपीत निर्मात्ाा कुटु र निर्देशक चापागाइँ दुबै जना उपस्थित भएनन् । सम्मेलनमा नायिका प्रधानले आफू कसैसँग सुतेर फिल्म नखेल्ने र आगामी दिनहरुमा आफू जस्तो अन्य कोही नयाँ कलाकार पनि यौन शोषणको शिकार भएर फिल्म खेल्न नपरोस् भन्नका खातीर आफू माथि भएको अन्यायको प्रतिकार गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरेको कुरा बताइन् ।
प्रधानले, ‘निर्माता कुटु र निर्देशक चापागाइँलाई अब कानूनले सजाए दिने छ ।’ भन्दै त्यसका लागि सम्पूण् प्रक्रियाहरु पूरा भइसकेको बताइन् ।
स्त्रीलम्पट प्रकाशको मानुषीलाई ६ कल फोन
जनमोर्चा नेपालको हालै सम्पन्न केन्द्रीय बैठकमा नेताहरूबीच बाझाबाझ र घम्साघम्सी परेको छ। केही नेताले पटक–पटक गरेर बैठक बहिस्कार गरेका छन् भने केहीले चाहिँ माइन्युटमा हस्ताक्षर नगरी सर्वोच्च अदालत जाने तयारी सुरु गरेका छन्।
रोचक पक्ष त के थियो भने जनमोर्चा नेपालको केन्द्रीय बैठक भदौ २७ गते डाकिएको भन्दै केन्द्रीय सदस्यहरूलाई बोलाइए पनि अध्यक्ष लीलामणि पोखरेल र महासचिव घनश्याम शर्मा पौडेललाई बैठकबारे कुनै जानकारी नै थिएन। कम्युनिस्ट पद्धतिअनुसार एकताकेन्द्र–मसालको बैठक बसेपछि जनमोर्चा चलाउने ‘फ्र्याक्सन’को बैठक बस्नुपर्थ्याे र त्यसपछि सचिवालयको बैठक बसी केन्द्रीय समितिको बैठक डाक्नुपर्थ्याे। त्यसरी बोलाइएको केन्द्रीय बैठकमा अध्यक्षको अनुमतिले प्रायः महासचिवले एजेन्डाहरू प्रस्तुत गर्नुपर्थ्याे। तर, यसपालि अध्यक्ष पोखरेल र महासचिव पौडेललाई थाहै नदिई बैठक डाकिएको हल्ला चल्यो र बैठक बस्यो। बैठकको सुरुमै महासचिव घनश्याम शर्माले भने– ‘यो एकताकेन्द्र–मसालको बैठक हो कि जनमोर्चाको? म महासचिवलाई एजेन्डाबारे कुनै जानकारी छैन। कुन प्रयोजनका लागि बैठक डाकिएको हो, म आश्चर्यचकित छु। साध्यबहादुर र भरत दाहालको ‘कारबाही’लाई अनुमोदन गर्न बोलाइएको हो भने उनीहरूलाई बैठकमा किन बोलाइएन? बुर्जुवा र फासिस्टहरूले पनि सफाइ पेस गर्ने मौका दिन्छन्। साथीहरूको घाँटी सेर्ने उद्देश्यले आयोजित यस्तो बैठकले गर्ने निर्णयमा म सहमत हुन सक्दिन।’
भदौ २७ को बैठक एकताकेन्द्रका महासचिव प्रकाश आफैँले डाकेका थिए। यो बैठकलाई स्थगित गर्ने आग्रह गर्दै २६ गते बेलुका लीलामणि पोखरेल, अमिक शेरचन, घनश्याम शर्मा पौडेल र दिलबहादुर श्रेष्ठ झम्सिखेलस्थित प्रकाशको निवासस्थल पुगे। तर, बैठक पछि सार्ने कुरामा प्रकाशले टसको मस गरेनन्। २७ गते बैठक सुरु भयो। तर, कुनै एजेन्डामा प्रवेश नगरी जनमोर्चाका अध्यक्ष लीलामणि पोखरेलले प्रकाशलाई फोन गरेर सोधे– ‘अध्यक्ष र महासचिवलाई नै थाहा नदिई यो बैठक कसले बोलाएको हो?’ प्रकाशले बैठक आफैँ बोलाएको बताएपछि पोखरेलले भने– ‘उसोभए तपाईं आफैँ अधयक्षता गर्नोस्, म गर्दिनँ।’
लीलामणिसितको संवादपछि प्रकाश दौडँदै तीनकुनेस्थित जनमोर्चाको कार्यालयमा आइपुगे र अध्यक्ष लीलामणि बस्ने कुर्सीमा बस्दै भने– ‘विशेष कारणले गर्दा जनमोर्चाको बैठक भोलिसम्मका लागि सारिन्छ।’ प्रकाशले सारेको बैठक भोलिपल्ट जनमोर्चाको केन्द्रीय कार्यालयमा सुरु भयो। बैठकको सुरुमै महासचिव घनश्यामले साथीको घाँटी सेर्ने निर्णयमा सहमत हुन्न भनेपछि प्रकाशविरोधी नेताहरूले भटाभटी उत्तेजित भाषण गर्न सुरु गरे। आइपी खरेलले त केसम्म बोले भने हिजो मोहनविक्रम र निर्मल लामालाई कसैले गाली गर्दा दुःख लाग्थ्यो, तर आज प्रकाश र गिरिराजमणिलाई कसैले गाली गर्दा खुसी लाग्न थालेको छ। ‘स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार एवं महासचिवका कमजोरीबारे कुरा गर्न किन नपाइने?’– खरेलले प्रश्न उठाए। अर्का केन्द्रीय सदस्य धर्मचन्द्र लावतीले मुखले जनवाद भने पनि फासीवाद र नाजीवादको अभ्यास भइराखेको बताए। वरिष्ठ सदस्य दिलबहादुरले पनि नेतृत्वको विरोध गरे।
बैठकमा अर्का जण्ड केन्द्रीय सदस्य निस्किए– कमानसिंह लामा। ‘मेरो सदस्यता खान्छ भने खाओस्, म कसैको दास भएर पुच्छर हल्लाउन चाहँदिन’ भन्दै लामा दिउँसो तीन बजेतिर दुई पृष्ठ लामो लिखित असहमति दर्ता गरेर गिरिराजले झन्डा हल्लाइसकेपछि बैठकको के औचित्य भन्दै झ्वाँकिँदै बाहिरिएका थिए। लामापछि साँझ ६ बजेतिर आइपी खरेल, धर्मचन्द्र लावती र रीता मानुषीले पनि बैठक बहिस्कार गरेको स्रोतले बतायो। बैठकमा निवर्तमान अध्यक्ष अमिक शेरचन उपस्थित थिएनन्। कुल सदस्यमध्ये २७/२८ जनाको उपस्थिति थियो।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफूले विराटनगर जान टिकट काटिसकेकाले आजकै बैठकले सबै कुरा टुंग्याउनुपर्छ भनेपछि शशी श्रेष्ठ कड्किइन्– ‘छलफल नगरी कार्यान्वयन गरौँ भनेर के तपाईंले हामीलाई धम्की दिन खोज्नुभएको?’ श्रेष्ठको चर्को स्वर सुनेर मन्त्री पोखरेल मौन भएका थिए।
बैठकमा दानबहादुर विक र नरेन्द्रमान केसी जनमोर्चाका उपाध्यक्ष एवं सभासद् भीमप्रसाद गौतममाथि खनिएका थिए। गौतमले प्रकाशतिर लाग्छौ कि तिम्रो दलित आयोगको पद खाइदिऊँ भनेर आफूलाई थर्काएको आरोप विकको थियो। त्यसैगरी, केसीले आफूलाई गौतमद्वारा मन्त्री खान दिउँला भनी फकाएको भन्दै झम्टिएका थिए। स्रोतअनुसार गौतमले केसी र विकसमक्ष माफी मागेका थिए। शशीले पनि केसी र विकसितै मिलेर गौतमलाई थर्काएकी थिइन्।
स्रोतअनुसार २८ गते तीनकुनेस्थित जनमोर्चाको केन्द्रीय कार्यालयमा भाँडभैलो मच्चिएपछि सिनामंगलस्थित स्वास्थ्यमन्त्रीको क्वार्टरमा बैठक सारिएको थियो। र, त्यहीँबाट रातारात माइन्युट तयार पारी बिहान आठ बजे बैठक सकिएको घोषणा गरिएको थियो। बैठकपछि प्रल्हाद बुढाथोकीका नाममा वक्तव्य जारी गरिएको छ र साध्यबहादुर एवं भरतको कारबाही अनुमोदन गर्नुका साथै मन्त्री पदमा गिरिराज र ईश्वरी भट्टराईको नियुक्तिलाई सदर गरिएको घोषणा गरिएको छ। तर, यो निर्णयमा बहुमतको हस्ताक्षर नभएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा उजुरी गर्ने बताएको छ।
प्रकाशको छुट्टै भेला
यसैबीच, हिजोबाट चितवनस्थित रणेन्द्र बराइलीको घरमा प्रकाश समूहले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। ‘प्रशिक्षण’ नाम दिइएको सो भेलामा लीलामणि, घनश्याम शर्मा पौडेल, दिलबहादुर, स्वनाम, अमिक शेरचनलगायतका नेतालाई सामान्य जानकारीसम्म नदिइएको स्रोतले बतायो।
तर, रोचक कुरा के छ भने महासचिव प्रकाशले महिलालाई भने पटक–पटक फोन गरेर सँगै चितवन जान अनुरोध गरे। स्वनाम, भरत दाहाललगायतका नेतासित बसेर चिया खाइरहेकी केन्द्रीय सदस्य रीता मानुषीलाई प्रकाशले ६ पटक फोन गरेर आफूसँगै गाडीमा चितवन जान भने। प्रकाशको यो आग्रहलाई नारीमोह भन्दै नेताहरू हाँसेका थिए। अन्ततः मानुषी अर्कै गाडीमा गइन् भने प्रकाशको गाडीमा अर्की नेतृ दुर्गा जयन्ती राई चढिन्। काभ्रेका चर्चित नेता एवं सभासद् कमानसिंह लामालाई प्रकाशले चितवन नबोलाए पनि काभ्रेका लक्ष्मी लामालाई भने लगेका छन्।
― जनआस्था