कास्की फाइनान्स फेवाताल सरसफाई अभियानमा
By admin | July 28, 2008
धन बस्नेत
पोखरा, १४ साउन/पोखराबाट वित्तिय कारोबार शुरुवात गरेको कास्की फाइनान्सले आफनो दोस्रो वर्षप्रवेशसँगै ३४ लाख रुपियाँ मुनाफा आर्जन गरेकेा छ । फाइनान्सले र्सवसाधारणको लागि २ करोड बराबरको शेयर निष्कासन गरेकेा छ ।
निष्कासन गरेकेा शेयरमा १ करोड ९० लाख र्सवसाधारणलाई र १० लाख बराबरको शेयर फाइनान्सका सदस्यहरुलाई छुट्टाएको फाइनान्सका प्रवन्ध सञ्चालक श्यामकुमार शर्माले जानकारी दिनुभयो । उहाँले निष्कासन गरेको शेयरमा ४३ हजार भन्दा बढीको आवेदन परेकेा बताउनुभयो ।
शेयर निष्कासनसँगै फाइनान्सको चुक्ता पँुजी ५ करोड पुगेकेा छ । असार मसान्तसम्म फाइनान्सको अधिकृत पँुजी १० करोड पुगेको छ । दर्ुइवर्षभत्रमा अधिकृत पँुजी ४० करोड, जारी पुँजी २० करोड र चुक्ता पँुजी २० करोड पुर्याउने लक्ष्य लिएको छ । एकवर्षो अवधिमा फाइनान्सले ३८ करोड ७८ लाख संकलन गरेकेा छ भने ३३ करोड ५२ लाख रुपियाँ कर्जा प्रवाह गरेको फाइनान्सका संचालक समितिका अध्यक्ष मदन शर्माले बताउनुभयो । उहाँले फाइनान्सले मंगलबारदेखि सन्ध्याकालिन सेवा प्रारम्भ गरेकेा समेत जानकारी दिनुभयो । फाइनान्सले कुल लगानीको ५० प्रतिशत आवास, हायर पर्चेज लगायतमा लगानी गरेकेा उहाँले जानकारी दिनुभयो ।
दोस्रो वर्षै अवसरमा फाइनान्सले पर्यटकीय फेवाताललाई नै कुरुप बनाउने गरी मौलाएको जलकुम्भी झार फाल्ने दर्ुइदिने अभियान शुरु गरेको छ । ‘कास्की फाइनान्सको अभियान, पर्यावरण संरक्षणको लागि अमूल्य योगदान’ भन्ने नाराका साथ फेवातालको सिरान छहदीबाट जलकुम्भी झार निकालिएको छ । दर्ुइदिने अभियानको लागि फाइनान्सले एकसयभन्दा बढी जलारी तथा डुंगा व्यवसायी एवं मजदुरहरुलाई पारिश्रमिक दिएर परिचालन गरेको छ ।
अध्यक्ष शर्माका अनुसार प्रतिव्यक्ति १ सय ६० रुपियाँको दरले मजदुरहरुलाई ज्याला दिइएको छ । ‘दर्ुइदिनमा दशट्रक जलकुम्भी फाल्ने योजना बनाएका छौं ।’ उहाँले भन्नुभयो(फेवातालको पर्यावरण बचाउनु सबै पोखरेलीको दायित्व हो ।’ फाइनान्समा २९ जना संचालक सदस्यहरु आवद्ध छन् ।
पोखराबाट धन बस्नेत साउन १४ गते
tags: finance kaski pokharaTopics: Nepali News |

