Wednesday, January 7, 2009 6:35

मुस्ताङमा ७० को चामल २८ मा

Posted by admin on Tuesday, July 29, 2008, 5:29
This news item was posted in Nepali News category and has 0 Comments so far.

म्याग्दी/हिमाल पारीको जिल्ला मुस्ताङमा प्रति कीलो सत्तरीका दरमा बिक्री बितरण हुनेगरेको चामल हाल सोही परीणमको चामल रु अठ्ठाइसमा पाइन थालेको छ ।

मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङमा तिब्बती सीमाना बाट मालबाहक गाडीहरु आउन थालेपछि चामल प्रति किलो २८ मा पाउन थालीयको हो । चामल लगायतमा दैनीक उपभोग्य सामानको मुल्य घटे पछी स्थानीय जनतालाइ राहत मिलेको स्थानीय ब्यापारी कर्सर्ाागुरुङ बताउछन । तीब्बतबाट कुनै पनी राजस्व नतीरीकन भित्रीयको सामानको मुल्य कमहुने स्थानीय बताउछन । म्याग्दी सदरमुकाम बेनी देखि खच्चडमा दशौ दीन लगायर  मुस्ताङ पुर्‍याउन प्रति किलो रु ३० ढुवानी तर्ीर्नु पर्ने स्थानीय ब्यापारीहरुको भनाइ छ । ब्यापारीले केहि नाफा राख्दा प्रति किलो ७० मा बीक्री गर्नु पर्ने बाध्यता रहने कुरा उपल्लो मुस्ताङ स्थीत राष्ट्रिय निम्न माध्यामिक बिद्यालयका शिक्षक बताउछन् ।

लोमन्थान र तिब्बत बिच कच्ची सडक तिन बर्षअगाडी निर्माण भयको थियो । सडक निर्माण पश्चात ब्यापारमा त्रि्रता आयको थियो । सीमा पारीबाट सोझै मालबाहक हेबि ट्रक खाद्यन्न तथा कपडा एबं काठहरु लीयर आउने गरेका छन । साथै लोमन्थान बाट भेडा च्याङ्ग्राको छाला लगायतका सामान बिना रोक टोक लीयर जाने गर्छन । असारको अन्तीम साता उपल्लो मुस्ताङको केन्द्र मानिने लोमन्थाङमा लागेको तीब्बती ब्यापार मेलामा मुस्ताङमा करीब दर्ुइ करोडको ब्यापार भयको राष्ट्रिय निम्न माध्यामिक बिद्यालयका प्रधानाध्यापक बताउछन । मुस्ताङमा राजस्व संकलनको बोर्ड राखियको भयतापनी हाल सम्म राजस्व उठायको नपाईएको स्थानीयको गुनासो रहेको छ । हालैको मेलामा भएको ब्यापारको रकम सोझै तिब्बत पुगेको समेत स्थानीयको गुनासो छ ।  मुस्ताङलाइ अझ सम्म केन्द्रीय यातायातले छुन सकेको छैन भन्दा अत्युक्ती हुदैन । म्याग्दी सदरमुकाम बेनी सम्म सोझै केन्दीय राजमार्गले छोएको भए पनि मुस्ताङ्गको लागी अहिले सामान ढुवानीको माध्याम खच्चडनै रहेको छ । बेनी जोमसोम सडक निर्माण भै सकेको भए पनि बिच बिचमा महिरो गएका कारण अहिले सामान ढुवानी गर्न अफ्ठ्यारो अबस्था सृजना भएको छ ।

You can leave a response, or trackback from your own site.

No Responses to “मुस्ताङमा ७० को चामल २८ मा”

Leave a Reply