Wednesday, January 7, 2009 7:03

प्रशस्त संभावना भएपनि ओझेलमा पर्दैछन म्याग्दीका पर्यटकीय स्थानहरु

Posted by admin on Tuesday, July 29, 2008, 5:47
This news item was posted in Feature category and has 0 Comments so far.

सन्तोष गौतम
आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय हिसाबले धौलागिरि अचंलको म्याग्दी जिल्ला महत्वपुर्ण बन्दै गएको छ ।
तर म्याग्दीमा प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थानहरु भए पनि यस भौतिक विकास र प्रचार प्रसारको अभावमा ती क्षेत्रहरु बिस्तारै ओझेलमा पर्दै जान थालेका छन् ।
ऐतिहासिक हिसाबले समेत प्रतिनिधित्व गर्न सक्ने म्याग्दीका ऐतिहासिक धरोहरहरु समेत दिनप्रतिदिन जिर्ण बन्दै गएका छन् । म्याग्दीको धार्मिक तथा पर्यटकीय गन्तव्यहरु मध्ये घतानको गलेश्वर, ताकमको ताकमकोट, ज्यामरुककोट, पुलाचौरको ढोल्ठान, धौलागिरि वेशक्याम्प, गुर्जा गाउँ ,घोडेपानी गाउँ, पुनहिल, तातोपानी कुण्ड, खोप्रा लेक ,वराहकुना ताल, देवताभीर , वाएरलेस इन्टरनेट मार्फत शिक्षा , स्वाथ्य , पर्यटकीय क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान पुर्‍याउने महाबिर पुनको जन्म र कर्मथलो नागी गाउँ आदिको आ-आफ्नै महत्व छ ।

यस्ता महत्वपुर्ण स्थलहरुको विकासमा स्थानीय बासिन्दा हरुले जति मरीमेतेका छन त्यतीनै मात्रामा स्थानिय निकाय तथा सरोकारवालाहरुले ध्यान दिन नसक्दा प्रचुर प्राकृतीक साधन र स्रोत भएपनि उपभोग हुन नसक्दा तिनको “कागलाई बेल पाक्यो हर्षन बिष्मात ” भनैझै भएको छन यहाँका सम्पदाहरु ।

सम्बन्धित पक्ष एवं सरोकारवालाहरुको दुरदृष्टि पुग्न नसक्दा जल , जडिबुटी र जंगलले भरिपुर्ण म्याग्दी का सम्पदाहरु दिन प्रतिदिन नासीदै छन भने एक तर्फप्रसष्ट पर्यटकीय स्थानहरु बिस्तारै ओझेलमा पर्दा पनि कसैले चासो देखाउन सकेका छैनन ।

घतान गाविसमा रहेको पवित्र तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारको रुपमा परिचित गलेश्वर क्षेत्रको धार्मिक दृष्टिकोणले छुट्टै महत्व छ । प्राचीन किंवदन्तीमा देवता शिवकी श्रीमती पार्वतीको मृत्यु पश्चात् शिवजीले बोकेर हिंड्ने क्रममा पार्वतीको गला त्यहीनेर खसेकाले त्यस ठाउँको नाम गलेश्वर रहन पुगेको हो । त्यस स्थानमा वर्षोनी हजारौं तीर्थालुहरु पुग्ने गर्दछन् । भने कालीगण्डकी नदी माथि अवस्थित त्यस क्षेत्रमा शिवका पुराना मन्दिरहरु रहेका छन् । त्यस्तै त्यसै क्षेत्रका ठूलो चट्टान माथि एउटा पोखरी पनि रहेको छ । त्यस्तै बाइसे चौबीसे राज्य अर्न्तर्गत पर्वत राज्यमा पर्ने म्याग्दीका ताकमकोट, ज्यामरुककोट, ढोल्ठानमा तत्कालीन राजाहरु बसोबास गरेका र स्थान निर्माण गरेका खलङ्गा, भवन, मठमन्दिर, हातहातियार तथा तत्कालीन युद्ध सामाग्रिहरु संरक्षणको अभावमा जिर्ण बन्दै गएका छन् ।

पुलाचौर गाविसमा पर्ने ढोल्ठानबाट पनि पर्वते राजाले राज्य सञ्चालन गर्ने गरेका थिए । त्यस्तै धार्मिक मान्यता अनुसार प्राचीन कालमा पौलस्त्य ऋषिले तपस्या पनि गरेका थिए । भने सोही स्थानमा रामायण कथाका मुख्य पात्र राबणको समेत जन्म भएको स्थानिय बुढापाकाहरुको भनाई छ ।

यी कोट भवनहरु स्थानीय बासीहरुले मर्मत सम्भार संरक्षण र सरसफाई गर्ने गरेका छन् ।

सम्बन्धित पक्षले चासो देखाउन नसक्दा “जति उफ्रिए पनि भ्यागुतो भुइको भुइमै ” भनेझै भएको स्थानिय बासिन्दाको यस्ता प्रयासहरु ।

उता पर्यटकीय हिसाबले पनि प्रसिद्ध मानिने धौलागिरि हिमालको काखमा अवस्थित धौलागि वेशक्याम्प, इटाली क्याम्प र त्यही नजिकै पर्ने वराह कुना ताल पनि पर्यटकहरुको दिनप्रतिदिन आकर्षा बढ्दैछ भने भौगोलिक हिसाबले दुर्गम मानिने त्यस ठाउँमा सरकार तथा सम्बन्धित निकायको उपस्थित हुन सकेको छैन । त्यस क्षेत्रमा कस्तुरी, मृग, बाघ, भालु, राष्ट्रिय जनावर डाँफे, कालिज लगायतका पशुपंक्षीहरुको बसोबास भएकाले यी जनावरहरु प्रत्यक्ष देख्न र प्राकृतिक हिसाबले पनि मनोरम सौर्न्दर्य हर्ेनका लागि पर्यटकहरु त्यस ठाउँमा पुग्न लोभिन्छन् । त्यस्तै धौलागिरि वेशक्याम्प नजिकै रहेको वराहकुना तालमा चराले सफा गर्ने गरेको समेत देख्न सकिन्छ ।

गोलो आकार र  नीलो रङ्गमा रहेको सो ताल देख्ने जोसुकै पनि अचम्म पर्ने गर्दछन्  त्यस्तै म्याग्दीको दाना गाविसमा अवस्थित रुप्से छहरा र सोही गाविसमा रहेको विश्वकै गहिरो अन्ध गल्छी पनि चर्चाको अभावमा ओझेलमा पर्दै गएको छ । धौलागिरि र अन्नपुर्ण हिमश्रृंखलाको बीच हुँदै बगेको कालीगण्डकी नदीले बनाएको अन्धगल्छी ५ हजार ५ सय मिटर गहिरो रहेको छ ।

यो गल्छी एकदमै अँध्यारो छ । त्यस्तै परम्परा देखिनै खानी खन्ने क्रममा म्याग्दीमा आएका छन्त्याल जातिको बसोबास रहेको गर्ुजा र कर्ुइने गाउँ पनि विभिन्न प्राकृतिक तथा आर्थिक सम्भावना बोकेको गाउँ हो । मगरहरुको बस्ती रहेको घोडेपानी गाउँ र चिमखोला , बिम , देबिस्थान , मराङ , मुदी गाबिसका कला र संस्कृती यतिबेला एकाएक लोपहुने अबस्थामा पुगेका छन ।

कुनै समय यानिमायाँ र शुनिमायाको भाका गुञ्जने वन पाखा होस या मेला पात अथवा कुनै मेला पर्ब तर हिजोआज  प्रतिभा र संरक्षणको पर्खाईमा बसीरहेका छन ।

मगर समुदायमा नाचिने मारुनी , सोरठी र कुटुम्बको नाच अब हर्राईसके ।

ब्रामण क्षेत्रि समुदायका माझ निकै लोकप्रिय भजन र चुद्का पनि अब एक देशका कठा सरह बन्न थालेका छन ।

भाग्रा , गुन्युचोलो , लाफु ,  हरदुब्लो लगाएका मान्ािस देख्ने अब लोप हुन लागेका जनावर देखेजस्तै हुन थालेका छन ।

सयौ गाई , भैसी , भेडा र बाख्राका बठान र गोठहरु चरण क्षेत्रको अभाबमा मासीन थालेपनि संरक्षण गर्न तर्फभने कुनै पहल हुन सकेको छैन ।

ग्रामिण थकाली र मगर समुदायमा पुगेपनि कोदो र फापरको स्वादिष्ट परिकार खान पाईने मान्यता मान्यतामा मात्र सिमीत हुन थालेको छ ।

यति मात्र होईने यहाँका जंगलमा ८५ भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटीहरु पनि पाईन्छन ।

अशिक्षा र चेतनाको कमिका कारण दुखदायी जिबन बिताईरहेका म्याग्दीबासी जनताहरु आफ्नै घर अगाडी का यस्ता स्रोतहरुको प्रयोग गर्न पाएका छैनन ।

अर्का तर्फकेही जान्ने बुझ्ने हरुका लागि कमाई खाने भाडोनै बनेका छन यि र यस्ता थुप्रै प्राकृतीक सोत साधन ।

तर प्राकृतिले बरदान स्वरुपमा दिएको १६ वटा हिमाल देख्न सकिने ३२ सय १० मिटर अग्लो पुनहील डाँडो भने विदेशीहरुको माझ चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

लालिगुरास को घना जंगल भएको घोडेपनिको जंगलमा चैत बैशाखको समयमा प्रकृत्रि्रेमीहरुका लागि संगम स्थल बन्दै ग्ाएको छ ।

त्यस्तै दर्ुगम भएपनि संचारका क्षेत्रमा शहरबजारलाई चुनौति दिईरहेका छन म्याग्दीको नागि , पाउद्धार , बेग , शिख, घार र खिबाङका बासिन्दाहरु ।

उनिहरु गाउँबाटै ताररहीतर् इन्टरनेटको माध्ययबाट देश बिदेशमा रहेका आफ्न्त संग कुराकानि गरिरहेका छन ।

जिल्ला सदरमुकाम बेनी देखी एक दिनको पैदल यात्रा पछि पुगिने यि ग्रामिण क्षेत्रका बासिन्दाहरु ताररहीत इृन्टरनेटमार्फ देश बिदेशमा रहेका आफन्त संग कुराकानी मात्रर् गदैननर््र् इ टेलिमेडीसीन सेवा समेत लिईरहेका छन ।

उनिहरु आफुलाई भएको रोगको लक्षणर् इमेल मार्फ सम्बन्धित पक्षसमक्ष पठाउँछन र प्राप्त निर्देशन अनुसार औषधि को प्रयोग गर्छन ।

गोठ गोठमा बसेर आफ्नो उत्पादनकोर् इबिजनेश गर्ने म्याग्दीका जनताहरु निकैनै भाग्यमानि भएको ठान्छन ।

तर सानो मेहनत र परिश्रमले उनिहरु संचारको क्षेत्रमा भने अगाडी बढेका हैनन्

उनिहरु सबैले यस्तो चामत्कारीक कार्यको लागि श्रेय दिन्छन महाबिर पुनलाई ।

जुन स्थान स्थानियबासीहरुको लागि आयआर्जनको स्रोत मात्र बनेका छैन , बर्षोनि हजारौ पर्यटकहरुले मनोरञ्जन गर्ने ठाउ पनि बनेको छ ।

म्याग्दीको सिङ्गा, भुरुङ तातोपानी र मुदी गाविसमा रहेको तातोपानी कुण्ड हजारौं बिरामीहरुको प्राकृतिक उपचार स्थल बन्न पुगेको छ । कुण्डमा डुबेपछि छालासम्बन्धी साथै गानो गोला, ग्याष्ट्रिक लगायतका रोगहरु निको हुने जनविश्वास छ र रोगीहरु निको पनि भएका छन् ।

तर सम्बन्धित पक्षको वेवास्तामा परेका छन म्याग्दीका यि प्राकृतीक सम्पदा । तिनीहरुको संरक्षणमा जति स्थानियबासीहरु तातेका छन त्यो भन्दा अरु कसैले ध्यान दिन सकेका छैनन, ।

उता ताकम र मराङ गाविसमा रहेका देवताभीर र क्यामध्यान गुफा पनि अचम्मको हुँदा समेत प्रचार प्रसार र अनुसन्धानको कमीले गर्दा त्यसै ओझेलमा पर्दै गएको छ । ती गुफाभित्र विभिन्न कृत्रिम दृष्यहरु देख्न सकिन्छ ।

बहुजातिहरुको बसोबास रहेको म्याग्दी जिल्लाको आफ्नै कला र संस्कृति रहेको छ । यानीमाया, सुनीमाया, खेलीगीत, लाखेनाच, जोगीनाच, मगर समुदायमा नाचिने म्याग्दीको साँस्कृतिक सतहका पक्ष हुन् ।

विभिन्न पक्षहरुबाट सवल र सक्षम म्याग्दी जिल्लाको यी क्षेत्रहरुको विकास गर्न सकेमा जिल्लाको आकर्षा मात्र नभएर देशको आर्थिक विकासमा समेत प्रत्यक्ष टेवा पुग्ने देखिन्छ ।

You can leave a response, or trackback from your own site.

No Responses to “प्रशस्त संभावना भएपनि ओझेलमा पर्दैछन म्याग्दीका पर्यटकीय स्थानहरु”

Leave a Reply