Wednesday, January 7, 2009 6:56

कोइरालाले भारतीय समकक्षीसंग बिशेष भेटवार्ता गर्ने

Posted by admin on Wednesday, July 30, 2008, 4:02
This news item was posted in Nepali News category and has 0 Comments so far.

१५ साउन, काठमाण्डौं । अर्थमन्त्री डा.रामशरण महतले सार्क शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच विशेष भेटवार्ता हुने जानकारी दिनुभएको छ । उहाँले त्यस्तो भेटमा दुई पक्षीय हितका बिषयमा कुराकानी हुने बताउनुभयो ।

सार्क सम्मेलनलमा सहभागी हुन श्रीलंका प्रस्थान गर्नुअघि आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहांले सम्मेलनमा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताउनुभयो । उहांले उर्जाको बढ्दो आवश्यकता पूर्ति गर्न , खुल्ला व्यापारलगायतका विषयमा विशेष छलफल हुने जानकारी दिनुभयो ।

नेपालले स्रोतको परिचालन र उपयोगका लागि विशेष कार्यक्रम ल्याउने प्रस्ताव राख्ने बताउदै उर्जाको समस्याबाट नेपालमात्र नभएर समग्र दक्षिण एशियानै प्रभावित भएकाले विकल्पहरु ल्याउनुपर्नेमा छलफल हुने जानकारी दिनुभयो ।

नेपालमा जलस्रोत रहेजस्तै भारतमा कोइला र बंगलादेशमा ग्यास भएकाले त्यसको उपयोग गरेर अगाडि बढ्नुपर्ने सुझाव दिदैं उर्जाको समस्या पर्दा एकले अर्काबाट किनबेच हुने अवस्था सृजना गर्नुपर्ने र पेट्रोलियम पदार्थको समस्या समाधानका लागि विकल्प खोज्नेबारे गम्भीर छलफल हुने बताउनुभयो ।

उहांले भारतीय अधिकारीहरुसंग खुल्ला व्यापारका विषयमा कुराकानी हुने जानकारी दिदै नेपालमा आयात हुने स्टिलमा कर घटनाउनका अलावा नकारात्मक सूचीमा राखिएका नेपालको निर्यात सामाग्रीलाई भारत प्रवेश खुल्ला गर्न पहल गर्ने बताउनुभयो । सार्कमा अन्तर क्षेत्रीय लगानी वृद्धिको वातावरण बनाउन एजेण्डा प्रस्तुत गर्ने उहाको भनाई थियो ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भुटानसंग कुरा गर्ने जानकारी दिएपनि बिगतमा भुटानसंग कुरा गर्दा निराश भईसकेको अनुभव सुनाउनुभयो ।

You can leave a response, or trackback from your own site.

No Responses to “कोइरालाले भारतीय समकक्षीसंग बिशेष भेटवार्ता गर्ने”

Leave a Reply