फोरम सरकारमा जादैन- उपेन्द्र यादव
By admin | July 31, 2008
काठमाडौं, १६ साउन । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल सरकारमा नजाने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले राष्ट्रिय सहमतिमा सरकार बनेमा सहयोग गर्ने तर सहभागी नहुने बताए ।
‘मधेशको मुद्यालाई थाती राखेर हामी सरकारमा जादैनौं,’ यादवले भने,’प्रतिपक्षमा बसेर संविधान निर्माणमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्र्छौं ।’ सरकार गठनका लागि माओवादीले सहमति बनाउनुपर्नेमा उनको जोड थियो । माओवादीले सहमति बनाउन नसके जसले बहुमत जुटाउन सक्छ उसैले सरकार गठन गर्नुपर्ने बताए । तपाईंहरु सरकारको नेतृत्वको दाबी गरिरहनुभएको छ नि भन्ने प्रश्नमा उनको भनाई थियो,’हामी सरकार बनाउने र सामेल हुनै दौडमा छैनौं ।’ नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको बताए । जनताले माओवादीलाई ठूलो दलका रुपमा स्थापित गरेकाले उसैलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने उनको भनाई थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्ष्ँात्कारमा बोल्दै यादवले राष्ट्रिय सहमति अपरिहार्य भएको बताए । सहमतिबाटै नयां सरकार गठन गर्नुपर्नेमा उनको जोड थियो । सहमतिको सरकारले मात्र जनचाहना अनुरुपको नयां संविधान निर्माण गर्न सक्ने बताए । राज्य पुनसंरचनाको चुनौती जटिल भएको भन्दै सबै मिलेर जानुपर्ने बताए । उनले दलहरुबीच सत्तासाझेदारी उपयुक्त ढंगबाट भएमात्र समस्या समाधानको बाटो बन्ने बताए ।
नेपाली जनताले नेकपा माओवादी र मधेशी जनअधिकार फोरमलाई प|mेस म्याण्डेट दिएकाले संविधान निर्माणमा दर्ुइ दलको महत्वपर्ूण्ा भूमिका रहने बताए । यद्यपि माओवादीले सबै दललाई धोका दिने प्रवृत्ति अपनाएकाले ऊसंगमात्र गठबन्धन हुननसक्ने बताए । उनले भने,’फोरमसहित कांग्रेस र एमालेको गठबन्धनमा माओवादीलाई पनि सामेल गराउनर्ुपर्छ ।’ दलहरुको गठबन्धन टुटाउनेभन्दा विस्तारमा जान माओवादीलाई सुझाव दिए । परिवर्तनको सोच र एजेण्डालाई कार्यान्वयन गर्ने हो भने सबैले आ आफ्नो हठ त्याग्नुपर्नेमा उनको जोड थियो । आफूहरुले सरकारसंग मधेशको मुद्यामा भएको सहमति पूरा गराउन लागिरहेको बताए । मधेशको मुद्यामा कसैसंग सम्झौता हुननसक्ने बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति र सहकार्यका साथ दलहरु अगाडि बढ्नुपर्ने बताए । नयां संविधान निर्माणको चुनौतीलाई पूरा गर्न सबैले उदारता देखाउनुपर्ने बताए । मुलुकमा राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको उनको भनाई थियो ।
tags: forum upendra yadavTopics: Nepali News |

