कोइराला र भारतीय प्रधानमन्त्रीबीच छलफल

By admin | August 3, 2008

१९ साउन,कोलम्बो । भारतले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएको छ । आज सार्क शिखर सम्मेलनका दौरान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेटी भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले उक्त सुझाव दिनुभएको हो ।

भेटपछि पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने चाहना राखेको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियामा भारतले पुर्‍याएको सहयोगको प्रशंशा गर्नुहुदै भविष्यमा पनि सहयोग जारी रहने अपेक्षा गर्नुभयो । भारतीय प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन जुनसुकै सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभएको कोइरालाले जानकारी दिनुभयो । द्विपक्षीय हित तथा आर्थिक विकासका सम्बन्धमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

भेटपछि भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन जुनसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभयो । उहांले दुई देशका प्रधानमन्त्रीबीचको भेट आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण आयाम भएको टिप्पणी गर्नुभयो ।

यसैवीज कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो परिस्थितिबारे टेलिफोन कुराकानी भएको छ । कोलम्बोमा रहनुभएका कोइराला र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका पूर्व महासचिव हरकिसन सिंह सुरजितको अन्त्येष्टि समारोहमा नयां दिल्ली पुग्नुभएका नेपालबीच आज बिहान कुराकानी भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई नेताबीच आपसी सहमति बनाएर अघि बढ्नेबारे छलफल भएको थियो । कोइराला र नेपाल सहमति र सहकार्यका लागि संविधान निर्माणमा सक्रिय हुन सहमत हुनुभएको छ । नयां सरकार गठन प्रक्रियाबारे पनि दुई नेताबीच छलफल भएको छ ।

tags: Girija   india  

Topics: Nepali News |

Leave a Comment

Name:

E-Mail :

Website :

Comments :

ताजा खवरहरु

Tag Cloud

Girija    Hetauda    Maoist    Myagdi    Nepal    Nepal Police    Nepali Congress    Paramananada Jha    Parbat    Prachanda    Sarkar    Student    UML    amik sherchan    baburam bhattarai    bamdev gautam    birod    bumb    business    dr. baburam bhattarai    forum    hot girls    india    itahari    jhalnath khanal    kaski    kushma    lalitpur    mahabir pun    manang    mustang    myagdinepal    nepali    nepalnews    patrakar    pokhara    pricident    primeminister    puspa kamal dahal    rambaran yadav    raprapa    rastrapati    road accident    saarc    sambidhan sabha    sex    sri lanka    sunsari    upendra yadav    ycl   

A View to Earth

 
Space shuttle Endeavour and the International Space Station's robotic Canadarm2 (foreground) are featured in this view while the shuttle as it is docked...
Read More
Advertisement