आले र थापा उत्कृष्ट खेलाडी घोषित
धन बस्नेत
पोखरा, १९ साउन/कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा शुक्रबारदेखि प्रथम कास्की जिल्लास्तरीय अन्तर क्याम्पस व्याडमिन्टन प्रतियोगिताको ट्रफी कुमुदिनी होम्सले जितेको छ । कुमुदिनी होम्सले छात्रा तर्फो एकल र डबल तर्फो उपाधि जित्दै च्याम्पियन्स ट्रफी रक्षा गरेको हो ।
पोखरा रंगशाला व्याडमिन्टन कोर्टमा आइतबार विहान सम्पन्न भएको महिला एकल तर्फो खेलमा कुमुदिनी होम्सकी सुष्मिता गुरुङले आफनै बहिनी सोही उमाविकी अनिता गुरुङलाई पराजित गरिन् । सुष्मिताले अनितालाई २१(१५ र २१(१७ को सेटमा पराजित गर्दै छात्रा एकल उपाधि जितेकी हुन् । अघिल्लो दिन सुष्मिता र अनिताको जोडीले छात्रा डबल तर्फो उपाधि समेत जितेका थिए । सुष्मिता महिला तर्फो राष्ट्रिय खेलाडी हुन् ।
यता छात्र डबल तर्फो उपाधि सगरमाथा उच्चमाविले जित्यो । सगरमाथाका धर्मराज थापा र्रर् इच्छा गुरुङको जोडीले टप्स उच्चमाविका सन्तोष गुरुङ र सोम गुरुङको जोडीलाई २४(२२, २३(२१ को कठिन सेटले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । पहिलो सेटमा ७ अंकले अग्रता लिएको सगरमाथाले दर्ुइपटक सेट प्वाइन्ट गुमाउँदा पहिलो सेट २४ मा पुगेको थियो । त्यस्तै दोस्रो सेटमा पनि टप्सले कडा चुनौती दिएपनि अन्त्त सगरमाथाले जित दर्ता गर्दै उपाधिमा आफनो नाम लेखाएको थियो। आइतबारै सम्पन्न छात्र तर्फो एकल फाइनलमा प्रतियोगितामा टप्सका सन्तोष गुरुङले कुमुदिनी होम्सका राजेन्द्र आलेलाई २४(२२ र २३(२० को सेटमा पराजित गर्दै एकल उपाधि जितेका हुन् । विजेता उमाविका खेलाडीलाई पश्चिम प्रहरी प्रमुख डिआइजी दिपेन्द्रबहादुर विष्ट, शसस्त्र डिआइजी खोजबहादुर गुरुङ लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा छात्रा तर्फउत्कृष्ट खेलाडी ग्लोबल कलेजियटकी प्रतिक्षा आले तथा छात्र तर्फसगरमाथाका धर्मराज थापालाई घोषित गरियो । त्यस्तै बेष्ट ड्रेसमा शिशुनिकेतन, अनुशासित क्याम्पस होटल म्यानेजमेन्ट कलेजलाई प्रदान गरिएको थियो ।
दर्ुइदिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा पोखराका विभिन्न ११ वटा क्याम्पसको सहभागिता रहेको थियो । छात्र सिंगल, डबल्स र छात्रा सिंगल र डबल्समा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस, सगरमाथा उच्चमावि, ग्लोबल कलेजियट उच्चमावि, नेपाल टुरिज्म तथा होटल म्यानेजमेन्ट कलेज, लिटिल स्टेप उच्चमावि, शिशु निकेतन उच्चमावि, कालिका बहुमुखी क्याम्पस, कुमुदिनी होम्स उच्चमावि, सेन्ट मेरिज र गण्डकी आवासिय उच्चमाविको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रा तर्फ२४ र छात्र तर्फ३५ जना खेलाडीको सहभागिता रहेको थियो । अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको सातौं सस्करणमा जुटिरहेकेा संघले विद्यालयस्तरबाट उत्पादन भएका खेलाडीहरुलाई व्याडमिन्टनप्रति अभिरुचि जगाई राख्न क्याम्पसस्तरीय प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक एवं संघका सचिव यदुनाथ अधिकारीले जानकारी दिनुभयो । कास्कीमा व्याडमिन्टन संघ गठनको १३ वर्षछि क्याम्पसस्तरीय प्रतियोगिता आयोजना गरिएकेा हो । यसअघि क्याम्पसस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थिएन् । २०५२ सालमा संघ गठन भएको थियो ।