‘राष्ट्रपतिको चीन भ्रमण रोकिनु अर्थपुर्ण’
By admin | August 3, 2008
१९ साउन, काठमाण्डौं । भारतीय राजदुतले भेट्ने बित्तिकै राष्ट्रपतिको चीन भ्रमण रोकिएको भन्दै सभासदहरुले त्यसलाई अर्थपुर्ण भनेका छन ।
आज ब्यवस्थापिका संसदको हैसियतले बसेको संबिधान सभा बैठकमा माओबादी सभासद खिमलाल देवकोटाले दिल्ली दौडको होड चलिरहेकोबेला दिल्लीका दुत राकेश सुदले राष्ट्रपति डा.रामबरण यादवलाई भेट्नेबित्तिकै उहाँको चीन भ्रमण रोकिनुलाई अर्थपुर्ण भएको बताउनुभएको छ ।
राष्ट्रपति डा.यादवको बेइजिङको आतिथ्यमा अगस्ट ६ वा ७ तारिखमा बेइजिङ जाने कार्यक्रम तय गरिएको थियो । वेइजिङमा हुन लागेको ओलम्पिक खेलमा आतिथ्यता ग्रहण गर्न बिश्वका शक्तिसम्पन्न राष्ट्रका राष्ट्राध्यक्ष र सरकारप्रमुखहरुको सहभागितामा हुने उदघाटन सत्रमा चीनले नेपालको तर्फवाटपनि उच्चस्तरको प्रतिनिधिको सहभागिताको अपेक्षा गरेको थियो ।
सरकार स्थिर रहे आफै सहभागि हुने चिनिया पक्षलाई वचन दिनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिनुपरेपछि राष्ट्रपति यादवको चिन जाने पक्का भएको थियो ।
नयाँ सरकार बन्ने बित्तिकै भारत भ्रमणमा निस्कने परम्पार तोड्दै राष्ट्रपति यादवको पहिलो बिदेश भ्रमण चिन हुने चर्चा चलिरहेकै बेला माओबादी सभासदहरुले उहाँको चीन भ्रमण रोकिएको भन्दै आज सदनमा बिभिन्न आशंका गरेका हुन ।
भारतीय राजदुत राकेश सुदले अस्ती राष्ट्रपति कार्यालय सितल निवास पुगेर राष्ट्रपति यादवलाई भेट्नुभएको थियो ।
अर्का माओबादी सभासद बर्षमान अनन्तले समेत राष्ट्रपतिको निर्धारित चीन भ्रमण रोकिएको सुनिएको भन्दै सदनलाई यथार्थ जानकारी गराउन माँग गर्नुभएको थियो ।
tags: china india Maoist nepali pricident rakesh sud rambaran yadavTopics: Nepali News |

