Wednesday, January 7, 2009 7:21

प्रम कोइरालाद्वारा गान्धी, आडवानी र सिंहसँग भेटवार्ता

Posted by admin on Monday, August 4, 2008, 6:06
This news item was posted in Nepali News category and has 0 Comments so far.

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता भएको छ । आज नयाँ दिल्लीस्थित ताज होटलमा रहनुभएका कोइरालालाई भेट्न गान्धी आफै आउनुभएको थियो । साथै उहाँले भारतीय जनता पार्टीका नेता लालकृष्ण अड्वानी र समाजवादी नेता मुलायम सिंह यादवसँग पनि भेटवार्ता गर्नुभएको छ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, शान्ति प्रक्रिया, द्विपक्षीय सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भेटमा सहभागी विनाविभागीय मन्त्री सुजता कोइरालाका अनुसार प्रधानमन्त्री र कांग्रेस आईकी अध्यक्ष गान्धीबीचको भेट सकारात्मक रह्यो । गान्धीले नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो । स्रोतका अनुसार गान्धीले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने भारतको चाहना रहेको बताउनुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रिया र नयाँ सरकार गठन प्रक्रियाबारे पनि चासो राख्नुभयो । प्रधानमन्त्री कोइरालाको शान्ति प्रक्रियामा रहेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले नेपालमा जनभावनाअनुरुपको संविधान निर्माण हुने आशा व्यक्त गर्नुभएको बुझिएको छ । भेटपछि प्रधानमन्त्री कोइराला निकै प्रफुल्ल हुनुहुन्थ्यो । भेटमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जी, कांग्रेस आईका वरिष्ठ नेता करण सिंह र मन्त्री आनन्द सिंह सहभागी हुनुहुन्थ्यो ।

नेपालका तर्फबाट विना विभागीयमन्त्री सुजाता कोइराला र भारतका लागि नेपाली राजदूत दुर्गेशमानसिंह पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री कोइरालाले भारतीय जनता पार्टीका नेता लालकृष्ण अडवानीसँग पनि भेटवार्ता गर्नुभएको । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण छलफल भयो । पौने घण्टाको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै अडवानीले नेपालमा लोकतन्त्र बलियो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा शान्ति, विकास र स्थायित्व रहोस् भन्ने कामना गरेको बताउनुभयो । उहाँले भन्नुभयो,’नेपाली जनताको चाहनाअनुसार नेपालमा लोकतन्त्र संस्थागत हुनेमा हामी विश्वस्त छौं ।’ नेपालमा कस्तो सरकार बन्नुपर्छ भन्ने प्रश्नमा उहांले त्यस विषयको टुंगो नेपाली जनताका प्रतिनिधिले लगाउने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री कोइरालाले समाजवादी नेता मुलायमसिंह यादवसँग पनि भेटवार्ता गर्नुभयो । भेटमा नेपालको राजनीतिक घटनाक्रमबारे यादवले चासो राख्नुभयो । भेटपछि संचारकर्मीसँग कुरा गर्दै यादवले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार बनेमा नेपालले दीगो शान्ति हासिल गर्न सक्ने बताउनुभयो । शान्ति प्रक्रियामा कोइरालाको भूमिकाको उच्च प्रशंशा गर्दै भन्नुभयो,’नेपालमा राष्ट्रिय सरकार गठन होस् भन्ने हाम्रो कामना हो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार बनेमा नेपालले चाहेको दीगो शान्ति हासिल हुनसक्दछ ।’

प्रधानमन्त्रीले भारतीय जनता पार्टीका महासचिव विजय जोली, कांग्रेस आईका प्रवक्ता अभिषेक मनुलगायतका नेताहरुसंग भेट्दै हुनुहुन्छ । उहां आजै स्वदेश र्फकने कार्यक्रम रहेको छ ।

नेपालमा नयाँ सरकार गठन प्रक्रियाले गति लिइरहदा प्रधानमन्त्रीले सार्क सम्मेलनबाट फर्कदा भारतमा अडिएर राजनीतिक भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उहाँको भारतीय नेताहरुसँगको भेटले नेपालको राजनीतिमा तरंग आउने विश्लेषकहरुको भनाइ छ ।

प्रधानमन्त्री कोइराला आजै साँझ स्देश फर्कने कार्यक्रम रहेको छ। उहाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १५औं शिखर सम्मेलनमा भाग लिएर आइतबार साँझ नयाँ दिल्ली आइपुग्नु भएको हो ।
0 Comment

You can leave a response, or trackback from your own site.

No Responses to “प्रम कोइरालाद्वारा गान्धी, आडवानी र सिंहसँग भेटवार्ता”

Leave a Reply