राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बसेको प्रमुख चार दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित माओवादी संविधानसभा दलको कार्यालयमा बसेको वैठकमा माओवादी, कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
बैठक पुनः भोलि बस्ने भएको छ । माओवादीले राखेको प्रस्तावमा कांग्रेस, एमाले र फोरमले असहमति जनाएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।