सुद र मार्टिनद्वारा प्रचण्डसँग भेट
By admin | August 5, 2008
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदूत राकेश सुद र राष्ट्र संघीय मिसन अन्मिन प्रमुख इयान मार्टिनसँग आज बिहान छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
अध्यक्ष प्रचण्डको नयाँ बजारस्थित निवासमा राजदूत सुदसँगको भेटमा नयाँ सरकार गठनका लागि भइरहेका पहल र सरकारको स्वरुपबारे छलफल भएको थियो । स्रोतकाअनुसार सुदले नयाँ सरकार राष्ट्रिय सहमतिको भए उत्तम हुने भारतीय सुझाव माओवादी नेतृत्वलाई दिनुभएको छ।
प्रचण्ड निवासबाट सुद बाहिरिएलगत्तै पुगेका अन्मिन प्रमुख मार्टिनले भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेपालको शान्ति प्रक्रिया र अन्मिनको विस्तारिक कार्यविधिबारे छलफल भएको बताउनुभयो ।
tags: india martin Prachanda sudTopics: Nepali News |

