Wednesday, January 7, 2009 6:01

माओवादीलाई एक्ल्याउने प्रयास देश र जनताको हितविपरीतः महासचिव खनाल

Posted by admin on Sunday, August 10, 2008, 2:12
This news item was posted in Nepali News category and has 1 Comment so far.

नेकपा एमालेका महासचिव झलनाथ खनालले प्रजातान्त्रिक गठबन्धनका नाममा नेकपा माओवादीलाई एक्ल्याउने प्रयत्न मुलुकको हितमा नहुने बताउनुभएको छ। राष्ट्रिय सहमतिको साटो एकअर्कालाई अलग राखेर अघि बढ्ने सोच देखिएको बताउँदै महासचिव खनालले पार्टीगत स्वार्थ त्याग गर्न सहकर्मी दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

आइतार ललितपुरमा आयोजित राज्य पुनःसंरचनासम्बन्धी राष्ट्रिय अन्तरक्रिया कार्यक्रममा खनालले भन्नुभयो, प्रजातान्त्तिक गठबन्धनका नाममा देब्रे र दाहिने सोच अगाडि आउन थालेको छ यो मुलुक र जनताप्रतिको जिम्मेवारी होइन ।

राष्ट्रपतिले दिएको समयावधिमा सहमतिको सरकार बन्न नसके पनि संविधानसभामा अझै राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय सहमतिको विकल्प नरहेको भन्दै महासचिव खनालले देश र जनताप्रति जिम्मेवार भएर सोच्न माओवादी र कांग्रेसलाई आग्रह गर्नुभयो ।राष्ट्रिय सहमति कायम गर्न एमालेले पहल जारी राख्ने उहाँको भनाइ थियो ।

You can leave a response, or trackback from your own site.

1 Response to “माओवादीलाई एक्ल्याउने प्रयास देश र जनताको हितविपरीतः महासचिव खनाल”

  1. Prakash
    2008.08.12 06:06

    yo kukur lai balla buddhi aayacha. Amala ko vision ta Raprapa Nepal ko jati pani chaina.

Leave a Reply