नयाँ प्रधानमन्त्री चयनका पहिला उम्मेदवारी दर्ता गरेको आधारमा पहिला भएको मतदानमा शेरबहादुर देउवाको उम्मेदवारी ११३ का विरुद्ध ४३८ मतले अस्वीकृत भएको छ। संविधानसभामा भएको मत विभाजनमा जम्मा ५५१ सभासद रहेका थिए ।
अब नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीका पक्षमा मतदान भइरहेको छ।
माओवादी अध्यक्ष प्रचण्डलाई नेकपा एमाले, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, सद्भावना पार्टी अनन्दीदेवी, नेकपा एमाले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाललगायतले समर्थन जनाइसकेका छन् ।