Wednesday, January 7, 2009 6:20

माओवादी नेताहरुको जिम्मेवारी हेरफेर हुँदै

Posted by admin on Saturday, August 16, 2008, 0:41
This news item was posted in Nepali News category and has 0 Comments so far.

३२ साउन, काठमाण्डौ । सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पार्न र पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गर्न नेकपा माओवादी केन्द्रीय समितिको वैठक आज वस्दैछ ।

पार्टी केन्द्रीय सम्र्पक कार्यालय बुद्धनगरमा अपरान्ह १ बजेपछि शुरु हुने बैठकले मन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताहरुको नामावली तय गर्ने बताइएको छ । अहिलेसम्म रामवहादुर थापा बादल, मोहन वैद्य, वर्षमान पुन अनन्त, पम्फा भूसाल लगायतका नेताहरुको नाम चर्चामा आएपनि त्यसवारे आधिकारीक निर्णय आज हुनेछ । माओवादीले प्रधानमन्त्री सहित नौ मन्त्रालय पाउने नीतिगत सहमति तीन दलवीच भइसकेको छ ।

यसैगरी पार्टी सरकारमा गएपछि अध्यक्ष प्रचण्ड र दुइ डेपुटी कमाण्डरले जनसेनाको कमाण्डर पद परित्याग गरेकाले सो जिम्मेवारी कसलाइ दिने भन्नेवारेमा पनि टुंगो लगाइने भएको छ । अध्यक्ष प्रचण्ड जनसेनाको सर्वोच्च कमाण्डर हुनुहन्थ्यो भने डेपुटी कमाण्डरहरु जनार्दन सर्मा प्रभाकर र वर्षमान पुन अनन्त संविधानसभा निर्वाचित भएका थिए ।

पार्टी सरकारमा जाने भएपछि उनीहरुले पार्टीमा सम्हाल्दै आएको जिम्मेवारी समेत अन्य नेताहरुलाइ दिइने भएको छ ।

You can leave a response, or trackback from your own site.

No Responses to “माओवादी नेताहरुको जिम्मेवारी हेरफेर हुँदै”

Leave a Reply