Wednesday, January 7, 2009 5:57

‘वाधकलाई पन्छाएर अघि बढ्छौं’

Posted by admin on Tuesday, August 26, 2008, 23:52
This news item was posted in Nepali News category and has 0 Comments so far.

माओवादीका केही नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएलगत्तै वरियता बिबाद समाधान हुने तथा एमाले सरकारमा सामेल हुने बताइरहेको बेला कार्यबाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपाल निर्माणमा एमाले वाधक बने उसलाई पनि पन्छाएर अघि बढ्ने चेतावनी दिएका छन् ।
कार्यबाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपाल निर्माण गर्न हिडेको आफ्नो पार्टी सबै वाधा पन्छाएर अघि बढ्ने बताएका छन् । भदौ ९ गते राजधानीमा नेपाल हस्तकला महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको बिचार गोष्ठी उद्घाटन गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, ‘नयाँ नेपाल निर्माणमा एमाले मात्रै नभएर जो कोहीले वाधा हाल्छ,  उसलाई पन्छाएर अघि बढ्न हामी तयार छौं ।’ संचारकर्मीहरुले भट्टराईसँग सरकार गठनका बेला माओवादी र एमालेबीच देखिएको वरियता बिबाद कसरी समाधान होला भन्ने प्रश्न सोधेका थिए ।

त्यसअघि बिचार गोष्ठीमा बोल्दै मन्त्री भट्टराईले वर्तमान सरकारलाई टिक्न नदिने षड्यन्त्र भइरहेको बताएका थिए । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले वर्तमान सरकारलाई एक सय दिन पनि चल्न नदिने ध्वाँस दिनेहरु नै अन्तत बढारिने चेतावनी दिए । आफ्नो सरकारबिरुद्ध षड्यन्त्रहरु भइरहेको उल्लेख गरे पनि मन्त्री भट्टराईले कोबाट षड्यन्त्र भइरहेको भने खुलाएनन् । कार्यक्रममा भट्टराईले माओवादी नेतृत्वको वर्तमान सरकार चल्नसकेन अरु सरकार पनि नचल्ने दावी गरे ।

कार्यक्रममा मन्त्री भट्टराईले नयाँ सरकारले ल्याउने बजेट निर्माणमा आफू दिनरात नभनी लागिरहेको जानकारी दिए । माओवादी सरकारले निजी पूजी राष्ट्रियकरण गर्छ भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै मन्त्री भट्टराईले ब्यवसायीहरुलाई भ्रमबाट मुक्त हुन आग्रह गरे ।

You can leave a response, or trackback from your own site.

No Responses to “‘वाधकलाई पन्छाएर अघि बढ्छौं’”

Leave a Reply