नेकपा माओवादी भित्र ठूलो संख्यामा जिम्मेवारी हेरफेर गरिने भएको छ । आज बस्ने केन्द्रीय समितिको वैठकमा सांगठनिक जिम्मेवारी हेरफेरका विषयमा छलफल हुनेछ । सांगठनिक जिम्मेवारी हेरफेरको अन्तिम निर्णय भने २७ गते बस्ने केन्द्रीय समितिको वैठकले गर्नेछ ।
पार्टर्ीी सम्हालेको सरकारको नेतृत्व, सांगठानिक हेरफेर, कार्यविभाजनका विषयमा छलफल गर्न आज केन्द्रीय समितिको वैठक बस्न लागेको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नु भएपछि कार्यवाहक अध्यक्ष राख्ने या नराख्ने भन्ने विषयमा पनि छलफल हुनेछ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने वैठकमा सरकारमा तर्फाट पठाउने राज्यमन्त्रीका विषयमा पनि छलफल हुनेछ ।
माओवादीले अनेमासंघकी अध्यक्ष जयपूरी र्घर्तिलाई राज्यमन्त्री बनाउने तयारी गरेपछि अनेमासंघले आज असहमतिपत्र पनि वैठक पेश गर्ने तयारी गरेको छ । नेकपा माओवादी सचिवालय सदस्य नेत्रविक्रम चन्द विप्लपले सरकारे न्यूनतम निति तथा कार्यक्रम, जनताका लागी ल्याउन सकिने राहातका कार्यक्रमका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो । आजको वैठकमा माओवादीले कब्जा गरिएका भनिएका सम्पत्तिको बिबरण संकलन गरी फिर्ता, प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल हुने छ ।