Wednesday, January 7, 2009 6:05

गोइतले भनेछन्: म निकालिएकोसँग के कुरा गर्नु ?

Posted by admin on Sunday, September 7, 2008, 20:07
This news item was posted in Nepali News category and has 0 Comments so far.

२२ भदौ, सिराहा । अखिल तराइ मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोइतले बिगतको दुखेसो कोट्याउदै प्रधानमन्त्री प्रचण्डसंग कुराकानी गर्न इन्कार गरेको एक मन्त्रीले खुलासा गरेका छन् ।

माओबादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने लगत्तै तराईमा शसस्त्र बिद्रोह गरिरहेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोईतसंग बार्ता गर्न चाहेपनि संयोजक जयकृष्ण गोईतले सो कुरालाई इन्कार गर्नुभएको भूमिसुधार मन्त्री एवं माओबादी केन्द्रिय सदस्य मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।

मन्त्री यादबले सिरहाको लहानमा पत्रकारहरुमाझ सो कुराको खुलासा गर्नुभएको हो ।

‘पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि गोईतलाई आफूले सवैभन्दा पहिला फोन सम्पर्क गरि प्रचण्डजीले कुराकानी गर्न चाहनुभएको छ भनि कुरा राखे, तर उनले म निकालिएकोसंग किन गफ गर्नु पर्यो र भन्दै कुरा गर्न मानेनन्’ मन्त्री यादबले भन्नुभयो ।

यद्यपि तराईमा शान्तिसुरक्षाको सवालमा चाडै नै सुधार हुने उहाँको भनाई थियो ।

गोइत मधेसका मुद्दामा सैद्धान्तिक असहमति जनाउँदै केहि समय अघि माओबादीबाट अलगिएका थिए ।

You can leave a response, or trackback from your own site.

No Responses to “गोइतले भनेछन्: म निकालिएकोसँग के कुरा गर्नु ?”

Leave a Reply