राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

By admin | September 12, 2008

गण्डकीकी सजना मल्ललाई पहिलो स्वर्ण

धन बस्नेत
पोखरा, २७ भदौ/नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा शुक्रबारदेखि पोखरामा पाँचौ सिनियर तथा छैटौं्र जुनियर महिला/पुरुष तेक्वान्दो प्रतियोगिताको शुरु भएको छ ।

सुदुर पश्चिमाञ्चम क्षेत्रीय समन्वय, गण्डकी अञ्चल तथा कास्की जिल्ला कमिटिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले गर्नुभएको थियो । उहाँले उदघाटन गर्दै खेलकुद विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । ‘खेलकुदको विकासको लागि सबै जुट्नुपर्ने आजको आवश्यकता बनिसकेको छ ।’ उहाँले भन्नभुयो ।

सदस्य सचिव श्रेष्ठले खेलकुदलाई सरकारले बेवास्ता गर्दा गुणस्तरीयतामा बृद्धि हुन नसकेको गुनासो गर्नुभयो । ‘खेलकुदलाई पनि अन्य क्षेत्रमा जस्तै बजेट दिनुपर्ने खाँचो छ ।’ उहाँले भन्नुभयो(’बजेटकै अभावमा नियमित प्रतियोगिता हुन नसक्दा नयाँ खेलाडीहरु उत्पादन हुन सकेका छैनन् ।’ खेलकुदलाई सरकारले आवश्यक संरक्षण दिनु जरुरी छ उहाँको भनाई थियो ।

शुक्रबार उदघाटन खेलमा महिला जुनियर तर्फगण्डकी अञ्चलकी सजना मल्ल २१(२५ केजी तौल समुहमा प्रथम हुदैं स्वर्ण्र्ााजतिन । उनले बाग्मतीकी सविना महर्जनलाई पराजित गर्दै गण्डकीको लागि पहिलो स्वर्ण्र्ाादलाएकी हुन् । त्यस्तै २६(३० केजी तौलमा कर्ण्ाालीकी सुष्मिता केसीले स्वर्ण्र्ाााफनो नाममा लेखाइन् । उनले मेचीकी आइसमा थापालाई पन्छाउँदै स्वर्ण्र्ााजत्दा थापाले रजतमा चित्त बुझाइन । जनकपुरकी दिक्षा खतिवडा र सेतीकी पुजा शर्माले कास्य पदक जितेका छन् ।

जुनियर पुरुष तर्फ२१(२५ केजी तौलमा बाग्मतीका अजय श्रेष्ठले स्वर्ण्र्ाााफनो पोल्टामा पार्न सफल भएका छन् । उनले सेतीका राजेश बस्नेतलाई हराएका हुन् । महाकालीका विलसन महर्जन र कोशीका किरण कार्कीले संयुक्त रुपमा कास्य पदक जित्न सफल भए । प्रतियोगितामा चौधै अञ्चलबाट झण्डै २ सय खेलाडीको सहभागिता जनाएका छन् ।

प्रतियोगितामा कास्कीबाट विभिन्न तौल समुहमा सिनियर र जुनियर तर्फ११ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । सुरज सुनुवार, दर्ुगा पाण्डे, संगम पुन, सपना गुरुङ, कृष्ण गुरुङ, सुवास छन्त्याल, सागर केसी, कृष्ण सुनुवार, रविन गुरुङ, सजना तामाङ, सुस्मिता गुरुङले सिनियर र जुनियर तर्फपदकका लागि आज शनिबार भिड्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजन सीताराम दुधले गरेको छ । आगामी मंसिरमा काठमाडौंमा हुने दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिताको लागि खेलाडी समेत छनोट गरिने छ । पोखरा मुस्ताङचोकस्थित गल्फ कोर्षमैदानमा सञ्चालित प्रतियोगिता २९ गतेसम्म सञ्चालित हुने छ । प्रतियोगिता सम्पन्न गर्न साढे १२ लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेका छन् ।

पोखराबाट धन बस्नेत भदौ २७

tags: Pokharam Teakwando   Sajana Malla  

Topics: sport News |

Leave a Comment

Name:

E-Mail :

Website :

Comments :

ताजा खवरहरु

Tag Cloud

Girija    Hetauda    Maoist    Myagdi    Nepal    Nepal Police    Nepali Congress    Paramananada Jha    Parbat    Prachanda    Sarkar    Student    UML    amik sherchan    baburam bhattarai    bamdev gautam    birod    bumb    business    dr. baburam bhattarai    forum    hot girls    india    itahari    jhalnath khanal    kaski    kushma    lalitpur    mahabir pun    manang    mustang    myagdinepal    nepali    nepalnews    patrakar    pokhara    pricident    primeminister    puspa kamal dahal    rambaran yadav    raprapa    rastrapati    road accident    saarc    sambidhan sabha    sex    sri lanka    sunsari    upendra yadav    ycl   

A View to Earth

 
Space shuttle Endeavour and the International Space Station's robotic Canadarm2 (foreground) are featured in this view while the shuttle as it is docked...
Read More
Advertisement