Wednesday, January 7, 2009 5:46

आज नेपाल र भारतको संयुक्त वक्तव्य आउने

Posted by admin on Monday, September 15, 2008, 21:47
This news item was posted in Nepali News category and has 0 Comments so far.

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मनमोनह सिंहबीच सोमबार भएको भेटवार्ताका क्रममा भएको छलफल तथा सहमतिसम्बन्धी संयुक्त वक्तव्य आज नयाँ दिल्लीमा जारी गरिने भएको छ।

दुई मुलुकका प्रधानमन्त्रीबीच सोमबार हैदरावाद हाउसमा भएको भेटमा कोसी पीडितका लागि राहत र पुनःनिर्माणको प्याकेज उपलव्ध गराउन भारत सहमत भएको छ। यस्तै सन् १९५४ को कोसी सम्झौता, १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धी तथा महाकाली सन्धी लगायतका विषयमा छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले भारतका पूर्व प्रधानमन्त्री, बाम दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपाली संगठन र त्यसका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै मंगलबार नै केही भारतीय बुद्धिजीवी र सुरक्षाविज्ञहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

पाँच दिने भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

You can leave a response, or trackback from your own site.

No Responses to “आज नेपाल र भारतको संयुक्त वक्तव्य आउने”

Leave a Reply