अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परिवारवाद लादेको, छोरालाई स्वकीय सहसचिव बनाएको र परिवारलाई नै अमेरिका लगेको आरोप लागिरहेको छ । प्रचण्डपुत्र प्रकाश दाहालको जीवन संर्घष् र विगत हेदा त्यस्तो पटक्कै लाग्दैन । कलिलै उमेरमा संघर्षले खारिएका युवा नेता प्रकाशले युद्धकालमा गरेका दुःख के आझेलमा परेकै हो - उहाँ भन्नुहुन्छ- पार्टीमा मेरो पनि आप\mनै खाले संघर्ष छ । मैले युद्धकालमा गरेको दुःख किन मान्छेहरुले बिर्सर्े हुन् - नातावाद र परिवारवाद भन्दा पनि पार्टर्ीीे जिम्मेवार सदस्यका हिसाबले बुवालाई मैले सहयोग गरेको हुँ । र्सार्वजनिक जीवनमा म प्रचण्डलाई अध्यक्ष, प्रधानमन्त्री नै भन्छु । मैले छोराका रुपमा व्यवहार गरेको छैन ।
प्रकाशको जन्म २०३८ साल असार १७ गते चितवनको शिवनगरमा भएको हो । उहाँका तीन दिदीहरु हुनुहुन्छ । जेठी दिदी ज्ञानु भारतमा हुनुहुन्छ । माइली दिदी रेनु दाहाल सभासद् हुनुहुन्छ र कान्छी दिदी गंगा प्रधानमन्त्री सचिवालयमा नै काम गर्नुहुन्छ । राजनीतिक रुपमा उहाँका दिदीहरु माओवादीका जिल्ला सदस्यका रुपमा काम गरिरहनुभएको छ ।
गाउँ शिवनगरमा नै हुकनुभयो प्रकाश । चार वर्षपछि उहाँको परिवार नारायणगढ बजारमा बस्न थाल्यो । कक्षा ४ सम्म त्यहाँ पढ्नुभयो अनि काठमाडौं पस्नुभयो । १५ वर्ष अर्थात् कक्षा ८ सम्म काठमाडौंमा पढेपछि उहाँ भारततिर लाग्नुभयो । पञ्जावमा १२ कक्षा पढ्नुभयो उहाँले । त्यतिबेला मुलुकमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा थियो ।
त्यतिबेला उहाँका पिता प्रचण्डले भन्नुभयो- जनताका छोराछोरीको यसरी हत्या भइरहेको छ, त्यसमा हाम्रो पनि त्याग चाहिन्छ । त्यसपछि प्रकाशले जनमुक्ति सेनाको कमान्डर हुने इच्छा राख्नुभयो । यो २०५८ सालको कुरा हो । माओवादी पोलिटब्युरोको बैठक चलिरहेको थियो । प्रचण्डलाई स्टाफ चाहिएको थियो । हिन्दी र पञ्जावी भाषा पनि जानेको, मान्छे पनि भारतीय जस्तो भएको र नेतृत्वलाई सुरक्षा पनि दिन सक्ने भएकाले प्रकाश पूणाकालीन सदस्यका रुपमा पार्टीमा होमिनुभयो र बुबाको स्टाफका रुपमा काम गर्न थाल्नुभयो ।
त्यसो त कक्षा १० पढ्दा नै प्रकाश पार्टीमा आबद्ध भइसक्नुभएको थियो । त्यहाँको नेपालीहरुको युवा संगठनको अध्यक्ष हुनुभएको थियो । प्रकाश भन्नुहुन्छ- म जन्मँदा नै बुबा भूमिगत हुनुहुन्थ्यो । घरमा माओका राता किताबहरु छरपष्ट हुन्थे । प्रहरीले छापा माथ्र्यो । कम्युनिष्ट भनेको के हो ? किन छापा मारेको होला ? जनताले किन दुःख दिएका होलान् ? भन्ने लागिरहन्थ्यो मलाई । प्रेरणा परिवारबाट लिएको हुँ, व्रि्रोही भावना ममा थियो ।
प्ूार्ण्र्ाालीन भएपछि प्रकाश पहिलोपटक बुबासँगै रोल्पा पुग्नुभयो । सेना र जनपरिषदको भेलामा थियो । उहाँलाई पनि आधार इलाका हेर्ने इच्छा थियो । त्यहाँ दुइ, तीन महिना बसेपछि भारत र्फकनुभयो । नेपाल-भारत आउजाउ भइरहन्थ्यो । उहाँले रोल्पा, रुकुम, जाजरकोट घुमफिर गर्नुभयो । लर्डाईंको प्रत्यक्ष अनुभव गर्नुभयो । कतिपय घटनामा त बाल बालले बच्न सफल हुनुभयो ।
सशस्त्र जनयुद्धकालमा अधिकांश समय प्रचण्ड भारतमा नै बस्नुभयो । तर,सुरेश आले मगर र मातृका यादव पक्राउ परेपछि भारतमा नेतृत्वको सुरक्षा गर्न कठिन हुन्छ भन्ने निष्कर्षनिकाल्यो पार्टर्ीी त्यसपछि दुइ, अर्ढाई वर्षरोल्प्ाामा बस्नुभयो । किनभने जनमुक्ति सेना नेतृत्वको सुरक्षा गर्न सक्षम भइसकेको थियो त्यतिबेला ।
१२ बुँदे समझदारीभन्दा अघि सम्म रोल्पामा हुनुहुन्थ्यो प्रचण्ड । त्यसपछि प्रकाश पनि बुबासँगै दिल्ली पुग्नुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायत महत्वपर्ूण्ा नेताहरुको बैठक भएको थियो दिल्लीम्ाा । प्रकाश भन्नुहुन्छ- त्यतिबला भारत जाँदा नेपालसम्म जनमुक्ति सेनाले नै सुरक्षा दियो । तर, प्रचण्ड भारततिर जान लागेको खबर तत्कालीन शाही सेनालाई थाहा रहेछ । त्यतिबेला बोर्डर क्रस गरेपछि अन्धाधुन्ध हवाई फायर भयो । भारतीय सीमामा पुगेपछि मैले आप\mनो जिम्मेवारी पूरा गरें । १२ बुँदे समझदारी ऐतिहासिक क्षण हो । त्यसलाई नेताहरुले किन बिर्सिरहेका छन् -
२०६२/६३ को लोकतान्त्रिक आन्दोलनका बेला दिल्लीमा नै हुनुहुन्थ्यो उहाँ । तर, माओवादीका कतिपय नेता, कार्यकर्ता भने काठमाडौंम्ाा आन्दोलित थिए । त्यतिबेला प्रचण्डको सुरक्षाका बारेमा अन्योल थियो । लोकतन्त्र घोषणा भएपछि प्रचण्डसहित उहाँ वीरगन्ज हुँदै मकवानपुर आइपुग्नुभयो । पार्टर्ीीे प्रशिक्षण थियो । चितवनमा आएर प्रचण्डले पहिलो टेलिभिजन अन्तर्वार्ता दिनुभयो । २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक हुनुभयो । प्रकाशले सामान्य युद्ध प्रशिक्षण त लिनुभयो तर जनमुक्ति सेनाको बिल्ला भने लिनुभएको छैन । उहाँले पार्टी सदस्यता लिएको १० वर्षभन्दा बढी भयो । पञ्जावमा नै उहाँले डिसिएम प्रकाशले सदस्यता दिनुभएको हो । अहिले राज्य समिति सदस्य हुनुहुन्छ ।
खुला राजनीतिमा प्रचण्ड बिहान ६ बजेदेखि राति ९ बजेसम्म भेटघाटमा ब्यस्त हुनुहुन्थ्यो । उहाँको भेटघाटको कार्यक्रम मिलाउने अनि सुरक्षा संवेदनशीलता बुभ\mने लगायतका व्यवस्थापकीय जिम्मेवारी प्रकाशले लिनुभयो । तर, उहाँ संविधानसभा निर्वाचन लड्नुभएन । उहाँ भन्नुहुन्छ- चुनाव नलड्दा त यस्तो छ । लडेको भए पत्रकार मित्रहरुले के लेख्नुहुन्थ्यो होला । म राजनीतिमा रहे पनि तत्काल मन्त्री बन्ने इच्छा छैन ।
प्रचण्ड प्रधानमन्त्री भएपछि स्वकीय सहसचिवका रुपमा बालुवाटारमा कार्यरत हुनुहुन्छ प्रकाश । स्वकीय सहसचिवका साथै छोराका रुपमा जिम्मेवारी पनि छन् उहाँका । राष्ट्रिय, अन्तर्रर्ााट्रय संयन्त्रको भेटघाट मिलाउनेलगायतका अफिसियल कार्यक्रमको व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्रीको सचिवालयमा शक्तिबहादुर बस्नेत, विके श्रेष्ठ, समीर दाहाल पनि हुनुहुन्छ । प्रकाश सिंहदरबारमा पनि पुग्नुहुन्छ ।
त्यसो त टिम राम्रो नभएर धेरै प्रधानमन्त्री विवादित भएका छन् । के यसपटक वप्रचण्ड सफल हुुनु होला - उहाँ भन्नुहुन्छ- हाम्रो इच्छा प्रधानमन्त्रीलाई सफल बनाएर मुलुकलाई सक्षम र उन्नत बनाउने हो । हाम्रा पनि केही कमीकमजोरी अवश्य छन् । तर, त्यसलाई सच्च्ााउँदै अघि बढ्न चाहन्छौं ।
प्रचण्डसँगै ब्ाालुवाटार मात्र होइन, अमेरिका पनि पुग्नुभयो प्रकाश । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँगको भेटका बेला प्रकाश सँगै हुनुहुन्थेन । किनभने प्रधानमन्त्री र प्रधानमन्त्री पत्नीलाई मात्र अनुमति थियो । प्रकाश, शक्तिबहादुर बस्नेतलगायत न्युयोर्कका साथीहरु ब्ाहिर सडकमा नै बस्नुभयो । उहाँ भन्नुहुन्छ- बुसकै पालामा हामीलाई आतंककारी सूचीमा राखियो । अहिले उसकै लाइनमा उभिनु रोचक क्षण हो । भन्न त विरोधीहरु सरकारी ढुकुटी खर्च गर्यो मात्र भनिरहेका छन् । तर, त्यसबाट ठूलो उपलब्धि भएको छ । माओवादीलाई आतंककारी सूचीबाट हटाउने र सबै सहयोग रहने बुसको वचन पाउनु कम होइन ।
कमरेड प्रकाशलाई राजनीतिक रुपमा अमेरिका नेपालभन्दा कट्टर जस्तो लाग्यो रे । तर, विकासका दृष्टिले अद्भुत लाग्यो । नेता, जनता सबै इम्ाानदार बन्ने हो भने नेपाललाई अमेरिका जस्तै बनाउन सकिन्छ । प्रकाश थप्नुहुन्छ- अहिले हामी बालुवाटारमा भएर पनि सामान्य जीवन नै बिताइरहेका छन् । प्रधानमन्त्रीको डेढ लाखको खाटको कुरा गरिन्छ । त्यसमा कांग्रेसको षड्यन्त्र रहेछ । वानेश्वरको फर्निचरमा गएर बुझे हुन्छ । हामी त रेल वे प्लेटफार्ममा कागज ओछ्याएर सुतेर आएका मान्छे हौं । बुबा अहिले भुइँमा सुत्ुनुहुन्छ । त्यसअघि बुबाले डेढ लाखको घडी लगाएको चर्चा गरे । बालुवाटारको ३ नं गेटमा आउनोस्, ३० हजार रुपियाँ ल्याउनोस्, हामी दिन तयार छौं ।
प्रधानमन्त्री प्रचण्डको भान्सामा सामान्य खाना पाक्छ । प्रचण्ड बिहान सादा रोटीका साथमा लौका र आलुको तरकारी खानुहुन्छ । दिउँसो खाना खानुहुन्छ । राति टमाटर अचार, साग, भात र दाल खानुहुन्छ । हप्त्ाामा दर्ुइ छाक कुखुराको मासु खानुहुन्छ । ग्यास्टिकको समस्याले गुन्द्रुक खान सक्नुहुन्न । प्रकाश बुबाले थकित भएका बेला डेढ पेगसम्म रक्सी पिउने बताउनुहुन्छ । त्यसमा कुनै बान्ड छैन । लोकल कोदोको भए पनि हुन्छ ।
प्रचण्ड दस बजे सुतिसक्नुहुन्छ, बिहान ४, ५ बजे उठिसक्नुहुन्छ । र, अध्ययनमा बिताउनुहुन्छ । प्रचण्डले १०, १५ मिनेट रामदेवको योगा गर्नुहुन्छ । प्रकाशका दृष्टिमा प्रचण्ड आम नागरिकसरह सरल, मिलनसार, स्वाभाविक हुनुहुन्छ । गाडीको लस्कर लगाउनुभन्दा हिँड्न रुचाउनुहुन्छ । लगाउनमा चाहिँ शौखिन हुनुहुन्छ । लुगा प्रकाशले किनिदिनुहुन्छ । उहाँ अहिले पनि आफूले खाएको भाँडा माभ\mन तम्सिनुहुन्छ ।
प्रचण्डपुत्र प्रकाश आफू पार्टर्ीीत्तराधिकारीका रुपमा नरहेको बताउनुहुन्छ । उहाँलाई मनपर्ने नेता प्रचण्ड हो । अक्षय कुमार मनपर्छ हिरोमा । हिरोइनमा कुनै छनोट हुन्छ । लगाउनमा कुनै शोख छैन । सोह्रखुट्टेको शानदार मःम खुब खानुभयो उहाँले । मन्दिर दर्शन गर्न जानुहुन्न । प्रकाशसित सम्पत्तिका रुपमा केही छैन । उहाँ भन्नुहुन्छ- हाम्रो उद्देश्य पैसा कमाउने होइन । त्यसरी देश बन्दैन । गाडी चलाउने शोख छ उहाँको । प्रचण्डलाई सुर्खेत-पोखरा, पुव पश्चिम पुर्याउनुभयो । जनयुद्धका सुरु सुरुमा भारतमा कति रात भोकै सुतेको, ओढ्ने नभएर लुँगी ओढेर सुत्नुभयो । मृत्युलाई हात लिएर हिँड्नुभयो । प्रकाशकी माता सीता दाहाल पनि सरल हुनुहुन्छ । प्रचण्डलाई आँसुमा आँसु, हाँसोमा हाँसोमा साथ दिनुभयो ।
केटाकेटीमा भोजमा छ्याङ खाएको बाहेक रक्सी र चुरोट भएको होइन । नभेटेका नेतामा माओबाट प्रभावित हुनुहुन्छ । पार्टर्ीीत्रका नेतामा पोष्टबहादुर बोगटी, किरण, बाबुराम भट्टर्राई सबै मनपर्छन् । दाङ कारबाहीको सानदार जित खुसी र शाही सेनाले पश्चिमका १५ सय आतककारी मारिएको प्रचार गरेका बेला आमाबाबुसित बर्म्बईमा रोएको क्षण उहाँ बिर्सनुहुन्न ।
प्रकाशले ५, ६ वर्षघि प्रभ्ा बोगटीसित पहिलो विवाह गर्नुभयो अनि सहमतिमा छाड्नुभयो । जनमुक्ति सेना प्रभासित पार्टीी सम्बन्ध यथावत् छ । प्रेम भएको थियो, उहाँहरुको । तर, केही मनमुटावका कारण वैवाहिक यात्रा टुंग्याउनुपरेको उहाँ बताउनुहुन्छ । राजनीतिक जीवन लम्याएर विवाह गर्ने योजना थियो उहाँको । तर, विभिन्न प्रस्ताव आइरह्यो उहाँले । पोखरा हेम्जातिरका मामाको दबाबका कारण सिर्जना त्रिपाठीसित दोस्रो विवाह गर्नुभयो । सामान्य र सरल युवती देखेर ममीले मन पराउनुभयो र उहाँले विवाह गर्नुभयो । पहिलो विवाहमा उहाँका सन्तान भएनन् । उहाँ भन्नुहुन्छ- जीवन दुःखसुखको क्रम हो, पारिवारिक जीवनमा आएकाले प्रभाको सम्झना आइरहन्छ ।
प्रकाशको विचारमा प्रेम जीवन हो, हार्दिकता र निकटता हो । पे्रेम नै सेक्स होइन । सेक्स प्रकृतिको देन हो । सेक्सविना पनि जीवन सम्भव छ । विवाहपछि प्रकाश हनिमुनका लागि विदेश जानुभएन । नयाँ बजार घरमा नै हनिमुन बित्यो । उमेरमा उहाँले बुबासितै बिताउनुभयो । पार्टीमा खट्नुभयो । प्रवासमा उहाँको एक युवतीसित प्रेमपत्र आदानप्रदान भएको थियो । तर, उनको विवाह भइहाल्यो ।