Wednesday, January 7, 2009 6:16

नेपाली कलाकारहरुको अमेरिकीमा विचल्ली

Posted by admin on Tuesday, November 4, 2008, 21:04
This news item was posted in मनोरञ्जन category and has 0 Comments so far.

नेपालका कलाकारहरूले आफूलाई राष्ट्रको गहना भन्छन् र मुलुकले पनि त्यही दर्जा देओस् भन्ने चाहन्छन्। गहना यस्तो बस्तु हो, जसले मानिसको सौन्दर्य चम्काउँछ, अथवा गहना सजावटको बस्तु हो। आम मानिसले पनि कलाकारलाई विशिष्ट मान्छे मानेका हुन्छन्।
तर तिनै कलाकार गहना भएर समाजलाई चम्काउने होइन, <–more–> पैसाको लोभमा विदेशिएर अर्काको भाँडा मस्काउने काममा लागेको देख्दा विदेशी भूमिमा बस्ने नेपालीहरूलाई कुरीकुरी पनि लाग्छ।
आफूलाई देशको गहना भन्न रुचाउने नेपाली कलाकारहरूले अमेरिका देखाएको गाईजात्राले यस्तै झल्को दिएको छ। नेपाली दर्शक र स्रोताको माया नपचेर ‘ठूलो भाग खान’ अमेरिका पलायन भएका नेपाली नायक–नायिका तथा गायक–गायिकाहरूले हालै अन्तर्राष्ट्रिय कलाकार मंच अमेरिकाको गठन गरेर लोक हँसाएका छन्। कलाकारिताबाट पलायन भएर डलर कमाउन अमेरिका छिरेका कलाकारहरूको संख्या यति छ कि हरेक गल्लीमा अहिले नेपाली कलाकार भेटिन्छन्। नेपालमा भन्दा नेपाली कलाकारहरूको संख्या अमेरिकामा धेरै भइसकेको छ, तर यहाँका नेपाली उनीहरूलाई कलाकार भन्दा पनि भूपू कलाकार भन्ने गर्छन्। बिभिन्न कार्यक्रमका नाममा अमेरिका छिरेर यतै लुकेर बसेको कलाकारहरूको संख्या अझ धेरै छ। हालैमात्र गठन गरेको भनिएको संस्थाका अध्यक्ष रामप्रसाद खनाल, शाही शासनको बेला ब्रम्हलुट गरेर लोकतन्त्र स्थापनापछि अमेरिका छिरेका लोकगायक हुन् भने घमण्डका कारण नेपालमा टिक्न नसकेर पलायन भएका नायक रमेश उप्रेती महासचिव बनेका छन्। बरिष्ठ नाट्यकर्मी
 (मालती मंगले गीति नाटकका मंगले) हरिबहादुर थापा पनि अमेरिकामै भासिएको प्रमाण उनी सोही संस्थाको उपाध्यक्ष बनेपछि थाहा भएको छ। त्यस्तै थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याती कमाएकी र अमेरिका भासिएपछि बिहे गरेर पारपाचुके पनि भइसकेकी नायिका जल शाह पनि सो संस्थाको उपाध्यक्ष छिन्। नेपालका कति कलाकार अमेरिका पुगेका रहेछन् भन्ने यो संस्थाका सदस्यहरूको नामबाट थाहा हुन्छ। नायिका एवम् नृत्यंगना अनुपमा प्रसाईं कोइराला, निर्देशक कृष्णमुरारी ढुङ्गेल र चर्चित नायिका करिश्मा मानन्धर पनि अमेरिकामै छन्।  अमेरिकामा भेटिएका अन्य कलाकारहरूमा पूजा चन्द (बाल्टिमोर), नायक सुरेश मरहट्ठा, गायिका ममता दीपबीम (क्यालिफोर्निया, प्यारोडी सम्राट रतन सुवेदी (बाल्टिमोर), चर्चित नायिका एवम् नृत्यंगना सारंगा श्र्रेष्ठ (मारियान्ड), सुप्रसिद्ध गायक–गायिका एवम् पपस्टारहरू क्रमशः सुनिल उप्रेती (भर्जिनिया), सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर) चर्चित नायक सुधांशु जोशी, चर्चित हाँस्यब्यंग्यकार नारायण त्रिपाठी (वासिङ्टन डिसी, गायक खेम संग्रौला (भर्जिनिया), कलाकर्मी अनिल पाण्डे (क्यालिफोर्निया), कलाकर्मी एवम् चर्चित उद्घोषिका रचना सिंह (सन्फ्रान्सिस्को),  नयाँपुस्ताका प्रखर लोक तथा दोहोरी गायक पवन ओली (मारियान्ड र गायिका कमला खरेल (भर्जिनिया) रहका छन्। 
―प्रविण गौतम, टेक्सास अमेरिका
Tags: , ,

You can leave a response, or trackback from your own site.

No Responses to “नेपाली कलाकारहरुको अमेरिकीमा विचल्ली”

Leave a Reply