Wednesday, January 7, 2009 6:39

‘Nepali News’ News

Subscribe to RSS feed

नायिका प्रधानले चापागाइँ र कुटुको कर्तुतको पर्दाफास गरिन्

Thursday, September 25, 2008 20:36

लक्ष्मण सुवेदी, काठमाडौं । नवोदित नायिका ममता प्रधानले निर्देशक कृष्ण चापागाइँ र निर्माता संजय कुटुले आफ्नो चलचित्रमा नायिका बनाउने प्रलोभनमा आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै सम्पूर्ण घटनाविवरण सुनाएकी छिन् । रिपोर्र्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले

विद्युत उत्पादनमा कमी

Monday, September 15, 2008 21:51

दमौली, ३१ भदौ । तनहुँ जिल्लाको आँबुखैरेनी गाविस-६ स्थित मर्स्याङ्दी जलविद्युत परियोजनाबाट विगतको तुलनामा हाल बीस मेघावाट विद्युत कम उत्पादन भइरहेको छ । उक्त परियोजनामा रहेका तीन वटा युनिटमध्ये युनिट नंं.३ बन्द गरी मर्मतकार्य थालिएका कारण विद्युत उत्पादन कम भएको मर्स्याङ्दी विद्युत गृह महाशाखाका प्रबन्धक विन्दुप्रकाश जोशीले बताउनुभयो ।

आज नेपाल र भारतको संयुक्त वक्तव्य आउने

Monday, September 15, 2008 21:47

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मनमोनह सिंहबीच सोमबार भएको भेटवार्ताका क्रममा भएको छलफल तथा सहमतिसम्बन्धी संयुक्त वक्तव्य आज नयाँ दिल्लीमा जारी गरिने भएको छ। दुई मुलुकका प्रधानमन्त्रीबीच सोमबार हैदरावाद हाउसमा भएको

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री सिंहबीच भेटवार्ता

Monday, September 15, 2008 21:46

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँका भारतीय समकक्षी प्रधानमन्त्री मनमोहन सिंहबीच सोमबार साँझ भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको छ। वार्तामा कोसी सम्झौता, सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीको पुनरावलोकन तथा दुई देशबीचको व्यापार विस्तार, भूटानी शरणार्थी समस्यालगायतका विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड सैनिक मुख्यालयमा

Friday, September 12, 2008 20:35

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सैनिक मुख्यालय पुगेका छन् । २७ भदौमा भद्रकालीस्थित सैनिक मुख्यालमा पुगेका उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललगायत सेनाका उच्च अधिकारीहरुसंग नेपाली सेनाको पछिल्लो भूमिका, सुरक्षा अवस्थाबारे जानकारी लिएको सैनिक स्रोतले बताएको छ । सैनिक मुख्यालयमा भव्य स्वागतपछि उनले सैनिक अधिकृतसंग परामर्श

सन्धी सम्झौताको विषय उठाउन गृहकार्य पुगकै छैन- पूर्व परराष्ट्रमन्त्री थापा

Friday, September 12, 2008 20:12

काठमाडौं, २७ भदौ । पर्ूव परराष्ट्रमन्त्री डा.भेषबहादुर थापाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सद्भाव भ्रमणमै सिमित हुनुपर्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले १९५० लगायत प्राकृतिक स्रोतसम्बन्धि सन्धी सम्झौताको विषय उठाउने अनुकूल परिस्थिति नभइसकेको बताए । 'प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमणमै सिमित गर्नुपर्छ ,' भारतमा छ

पोखरामा दोस्रो चलचित्र महोत्सव सुरु

Friday, September 12, 2008 20:10

पोखरालाई सिने नगरी बनाउने प्रतिबद्धता धन बस्नेत पोखरा, २७ भदौ/ चलचित्र पत्रकार संघको आयोजनामा पोखरामा शुक्रबारदेखि दोस्रो नेपाली चलचित्र महोत्सव २०६५ सुरु भएको छ । पोखरालाई सिनेनगरी घोषणा गर्ने अवधारणा अनुरुप आगामी भदौ ३० गतेसम्म चल्ने महोत्सवमा चलचित्रक्षेत्रसँग सम्बन्धित विविध कार्यक्रमहरु प्रस्तुत हुनेछन् । राष्ट्रियस्तरका सिनेकलाकारहरुको सहभागितामा पोखरामा विहान प्रभातफेरिपछि पोखरा सभागृहमा आयोजित भब्य समारोहमा महोत्सवको समुद्घाटन भएको छ । सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने विषयमा वेवास्ता गरेको गुनासो गरेका थिए । साथै उनीहरुले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था

आगामी बजेटमा बेरोजगार भत्ताका लागि दुई अर्बः प्रम प्रचण्ड

Sunday, September 7, 2008 20:09

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुका लागि रोजगारी वा बेरोजगारी भत्तास्वरुप आगामी बजेटमा दुई अर्ब रुपैयाँ छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। बेरोजगारी समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आर्थिक वर्ष २०६५/०६६ को बजेटमा विशेष कार्यक्रम ल्याइने बताउनुभयो ।

गोइतले भनेछन्: म निकालिएकोसँग के कुरा गर्नु ?

Sunday, September 7, 2008 20:07

२२ भदौ, सिराहा । अखिल तराइ मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोइतले बिगतको दुखेसो कोट्याउदै प्रधानमन्त्री प्रचण्डसंग कुराकानी गर्न इन्कार गरेको एक मन्त्रीले खुलासा गरेका छन् । माओबादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने लगत्तै तराईमा शसस्त्र बिद्रोह गरिरहेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोईतसंग बार्ता गर्न चाहेपनि

‘ परिवर्तनलाई आत्मसात नगर्ने बिरुद्ध कठोर कदम ‘

Sunday, September 7, 2008 20:04

२२ भदौ,काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई आत्मसात नगर्ने कर्मचारी बिरुद्ध सरकारले कठोर कदम चाल्ने चेतावनी दिनुभएको छ । निजमति कर्मचारी दिवसको अवसरमा आज आयोजित पुरस्कार बितरण समारोहमा बोल्दै उहाले परिवर्तनलाई आत्मसात नगर्ने बेइमान कर्मचारीहरु बिरुद्ध कठोर कदम चालिने बताउनुभएको हो । सरकारको नीति कार्यक्रम लागु गर्न इमान्दार भएर कर्मचारी जगतले

सरकारद्वारा सुदूरपश्चिममा हलिया मुक्ति घोषणा

Saturday, September 6, 2008 20:45

सरकारले सुदूरपश्चिमाञ्चलमा पुस्तौंदेखिका हलिया परिवारको नाममा रहेको ऋण खारेज गर्दै हलिया मुक्तिको घोषणा गरेको छ। सरकारले हलिया मुक्तिको घोषणा गरेलगत्तै राजधानीमा माइतीघर मण्डलामा एक सातादेखि जारी धर्ना शनिबारबाटै अन्त्य भएको छ। दश दिनदेखि राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका सुदूरपश्चिम क्षेत्रका साठी जना हलियारको प्रतिनिधिसँग

भारत भ्रमणमा असमानसन्धीको पुनरावलोकनबारे कुरा उठाइनेछः शान्ति मन्त्री प्रभाकर

Saturday, September 6, 2008 20:43

शान्ति तथा पुननिर्माणमन्त्री जर्नादन शर्मा प्रभाकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौबाट गर्ने भारत भ्रमणका दौरान सन् १९५० को \'असमान सन्धी\' बारे कुरा उठाउने बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले नयां परिस्थितिमा नयाँ आधारको सम्बन्ध स्थापना गर्नेबारे भारतमा विशेष कुराकानी हुने बताए ।

बेरोजगार भत्ताका लागि दुई अर्ब माग

Saturday, September 6, 2008 20:36

२१ भदौ, काठमाण्डौ । छुट्टै युवा मन्त्रालय गठनको माग गर्दै आएको एमाले निकट प्रजातान्त्रीक राष्ट्रिय युबा संघले बेरोजगार भत्ता वापत बार्षीक दुइ अर्व रुपैयाँ विनियोजन गर्न प्रस्ताव गरेको छ । प्ररायुसंघका अध्यक्ष अजम्वर राइ काङमाङले अनलाइनखबरसंग कुरा गर्दै शैक्षिक र शिपयुक्त युवा वेरोजगारलाइ भत्तामा प्राथमिकताका दिइने बताउनुभएको छ । स्नातकोत्तर उतिर्णलाइ मासिक रु एक हजार पाँच सय भत्ता दिन प्रस्ताव गरिएको उल्लेख गर्दै राइले

प्रधानमन्त्री २ असोजमा भारत जाने

Thursday, September 4, 2008 21:27

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोजको शुरुमै भारत भ्रमणमा जाने भएका छन् । उनी सम्भवत २ असोजमा दुइ दिवसीय भ्रमणमा जाने निकटस्थ स्रोतले बताएको छ । प्रधानमन्त्रीलाई भारतीय राजदूत राकेश सुदले भेटी भारतीय प्रधानमन्त्री मनमोहन सिंहको तर्फबाट औपचारिक निमन्त्रणा दिइसकेका छन् । १९ भदौमा भएको भेटमा भ्रमणको

माओवादीमा हेरफेर गर्ने तयारी

Thursday, September 4, 2008 21:26

नेकपा माओवादी भित्र ठूलो संख्यामा जिम्मेवारी हेरफेर गरिने भएको छ । आज बस्ने केन्द्रीय समितिको वैठकमा सांगठनिक जिम्मेवारी हेरफेरका विषयमा छलफल हुनेछ । सांगठनिक जिम्मेवारी हेरफेरको अन्तिम निर्णय भने २७ गते बस्ने केन्द्रीय समितिको वैठकले गर्नेछ । पार्टर्ीी सम्हालेको सरकारको नेतृत्व, सांगठानिक हेरफेर, कार्यविभाजनका विषयमा छलफल गर्न आज केन्द्रीय समितिको वैठक बस्न लागेको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री

पूजा अघाइन् अमेरिकीसंग

Thursday, September 4, 2008 5:06

अमेरिकामा रमाइरहेकी नेपाली नायिका पूजा चन्दको बारेमा एउटा समाचार प्राप्त भएको छ यो साता। आफ्नो दुःखमा साथ दिएका नेपालमा रहेका श्रीमान् सुरज चन्दलाई चटक्क छाडेर छोरी लिएर अमेरिका छिरेकी पूजाले उता आफ्नो विश्वासिलो पात्रलाई पनि धोका दिएकी छिन्। पूजालाई सुरुमा अमेरिकामा साथ दिने अमेरिकी नागरिकसाग उनी लामो समयदेखि बस्दै आइरहेकी थिइन् आफ्नी छोरीका साथ। केही वर्ष ती अमेरिकीसाग

चाल्स शोभराजले जेलभित्रै विवाह गर्ने

Thursday, September 4, 2008 5:00

विदेशी नागरिकको हत्या र नक्कली राहदानीको अभियोगको मुद्दा खेपिरहेका कुख्यात हत्यारा चाल्स शोभराजले आफ्नी बीस वर्षिया नेपाली प्रेमिका निहिता विश्वाससँग एक महिनाभित्र विवाह गर्ने बताएका छन् । मुद्दाको बहसका सन्दर्भमा सर्वोच्च अदालत ल्याइएका शोभराजले बुधबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै आफू एक महिनाभित्रै विवाह गर्ने तयारीमा लागेको बताएका हुन् ।

सुनसरीका ९ गाविस दश महिनाका लागि संकटग्रस्त घोषणा हुने

Thursday, September 4, 2008 4:57

विस्तारित मन्त्रिपरिषदको बैठक आज बिहान बस्ने भएको छ। सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बिहान ११ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले कोसी कटानबाट विस्थापित सुनसरीका सर्वसाधारणका लागि तत्काल राहत र जीवनयापनका कार्यक्रम, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणलगायतबारे विशेष कार्यक्रम ल्याउने कानुनमन्त्री देव गुरुङले

गाविसहरु नरहने गरी आठ सय जिल्लाको प्रस्ताव संविधानसभामा लगिनेछ- मन्त्री किरांती

Tuesday, September 2, 2008 7:14

आठ सय जिल्लाको प्रस्ताव अस्वीकार्य- केसी र ज्ञवाली काठमाडौं, १७ भदौ । संस्कृति तथा राज्यपुनसंरचनामन्त्री गोपाल किरांतीले सरकारले आठ सय जिल्ला बनाउने गरी संविधानसभामा प्रस्ताव लाने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले गाउं विकास समितिहरु नहरने गरी प्रस्ताव लाने बताए ।

युथफोर्सलाइ पनि छाड्दैनौं: गृहमन्त्री

Monday, September 1, 2008 21:02

१६ भदौ, काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले कानुन हातमा लिने वाइसिएल होस् वा युथफोर्स जो कोही भएपनि कारवाही गरिने बताउनुभएको छ । मुलुकमा अराजकता वढेको र आफ्नो कार्यकालमा त्यसलाइ नियन्त्रण गरेरै छाड्ने बताउनुभएका गृहमन्त्रीले भन्नुभयो- 'प्रचण्डको भनेर वाइसिएलाइ पनि छाडिदैन, बामदेवको भनेर युथफोर्सलाइ छुट दिइन्न ।' धनकुटा र दोलखामा दैनिकजसो वाइसिएल र युथफोर्सवीच झडप भइरहेक