लगानीकर्ताहरूबीचको झगडाका कारण घिटीघिटी अवस्थामा बाँचिरहेको नेपालको पहिलो समाचार च्यानल सगरमाथा टेलिभिजनमा पुनः भागदौड मच्चिएको छ। प्रमुख लगानीकर्ताहरू निर्मल गुरुङ र अनिल जोशीबीच स्टाफहरूको विषयमा झगडा भएपछि तिहारको मुखमा पत्रकार कर्मचारीले तलबसमेत नपाउने भएका छन्। सगरमाथामा सिर्जना भएको पछिल्लो लफडामा एकजना सुन्दरी
मध्यपश्चिम एसियाका १६ राष्ट्रलाई एकीकरण गरी शक्तिशाली राष्ट्र बनाउने अभियानमा लागेको इस्लामिक लडाकू संगठन अलकायदाकै हाराहारीमा नेकपा माओवादीले आफ्नो आर्थिक हैसियत पुर्याएको दाबी गरिएको छ। केही समयअघि श्रीलंकाको कोलम्बोमा सम्पन्न अन्तरदेशीय सैनिक अधिकारीहरूको गोष्ठीमा अमेरिकी गुप्तचर संस्था (सीआईए) का एक अधिकृतले उक्त रहस्य खोलेका हुन्। सीआईएको पछिल्लो रिपोर्ट उद्धृत गर्दै ती अधिकृतले भने, नेपालजस्तो सानो र गरिब देशमा सञ्चालित एउटा पार्टी अलकायदाकै हाराहारीमा आर्थिक हैसियतमा पुग्नुलाई हामीले रहस्यका रूपमा लिएका छौं। कतै
हिजोआजका चर्चित र व्यस्त अनि लोकप्रिय नायक निखिल उप्रेती आजको दिनसम्म कसरी आइपुगे, कस्ता छन् उनको जीवनका आरोहअवरोह - आउनुस् जानौं उनीबाटै, तपाईंहरुकै प्रिय स्तम्भ पहिलो पाइलामाः पहिलो क्यारियर ? मेरो क्यारियर प्रशिक्षकबाट शुरू भएको हो। म मुम्बईमा हुँदा बलिउडको एउटा इन्स्टिच्युटमा अभिनयको प्रशिक्षण लिन्थेँ र पछि त्यहीँ द्वन्द्वसम्बन्धी प्रशिक्षण दिने मौका पाएँ। यसो गर्दागर्दै बलिउड चलचित्र उद्योगमा स्टन्ट गर्न थालेँ। यही क्रममा नेपाली चलचित्र उद्योगमा मैले क्यारियर बनाएँ। यसरी हेर्दा द्वन्द्व प्रशिक्षणबाटै मेरो कलाकारिताको क्यारियर शुरू हुन पुग्यो। पहिलो चलचित्र ? काठमाडौं आएपछि पहिलो पटक पिँजडा नामक चलचित्रमा काम गर्ने मौका पाएँ। आफ्नो
जनमोर्चा नेपालको हालै सम्पन्न केन्द्रीय बैठकमा नेताहरूबीच बाझाबाझ र घम्साघम्सी परेको छ। केही नेताले पटक–पटक गरेर बैठक बहिस्कार गरेका छन् भने केहीले चाहिँ माइन्युटमा हस्ताक्षर नगरी सर्वोच्च अदालत जाने तयारी सुरु गरेका छन्। रोचक पक्ष त के थियो भने जनमोर्चा नेपालको केन्द्रीय बैठक भदौ २७ गते डाकिएको भन्दै केन्द्रीय सदस्यहरूलाई बोलाइए पनि अध्यक्ष लीलामणि पोखरेल र महासचिव घनश्याम शर्मा पौडेललाई बैठकबारे कुनै जानकारी नै थिएन। कम्युनिस्ट पद्धतिअनुसार
दस वर्षसम्म विपक्षी राजनीतिक कार्यकर्ता र सुरक्षाकर्मीको हत्या गर्दै आएका माओवादीहरु पछिल्लो समयमा आफ्नै नेता–कार्यकर्ताको हत्या गर्ने योजनामा सामेल भएको खुलासा भएको छ। माओवादी नेताहरुले आफ्नो हत्या आफ्नै साथीबाट हुँदैछ भन्ने जानकारी पनि प्रहरी प्रशासनबाट पाउने अवस्था बनेको छ। गौर हत्याकाण्ड र व्यापारी रामहरि हत्याकाण्ड पार्टीभित्रकै नेता–कार्यकर्ताको
माओवादीका राष्ट्रपतिका उम्मेदवार रामराजाप्रसाद सिंहले हारेपछि माओवादीले सचिवालय बैठक बसेरै निष्कर्ष निकालेको थियो-अब हामीलाई घेराबन्दि गरिंदै छ भनेर । के साँच्चिकै घेराबन्दिमा अहिले परेका हुन ? कि राष्ट्रपति निर्वाचन पछि मात्रै घेराबन्दिमा पर्न थालेका हुन त माओवादी ? कि पहिल्यै देखि घेराबन्दि हुँदै आएका थिए ? अथवा माओवादीको बेकारको आरोप हो कि ? घटनाहरु के भन्छन ? बुँदागतरुपमै हेर्ने कि ?
काठमाडौं । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न असफल भए पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा सत्ताको तिर्खा अझै मेटिएको छैन । उहाँले पुनः प्रधानमन्त्री बन्ने अभिलाषा राख्नुभएको छ । ‘सबैले मलाई प्रधानमन्त्री बन भन्छन्, म के गरू ? -’ अस्ति सोमबार परिवारका सदस्यहरूसँग उहाँले यसै भनेर सल्लाह माग्नुभयो । आफू बन्ने आधार पेस गर्दै कोइरालाले भन्नुभएको थियो- ‘एमालेसँग मेरो कुरा भइरहेको छ, साना पार्टीलेपनि सहयोग गर्छन्, म प्रम हुन सक्छु ।‘ आफूलाई राष्ट्रपति बन्न नदिएकोमा कोइरालाको आक्रोश माओवादी अध्यक्ष प्रचण्डप्रति निकै कडा थियो । प्रचण्डलाई आफूले
राजिनामा दिन पनि भातरसितै सल्लाह ? तपाइँहरुलाई लागे होला- अब गिरिजा प्रसाद कोइराला सत्ताबाट हट्ने भए । राष्ट्रपति बन्न माओवादीले दिएनन । प्रधानमन्त्रिबाट नहटि सुखै छैन किनभने अब नयाँ सरकार निर्माणको बाटो खुलेको छ । नयाँ सरकार, नयाँ प्रधानमन्त्रि र नयाँ राष्ट्रपति आदि आदि । तर यो सुखद समाचार होइन । राष्ट्र, जनता र सत्ता सधैं आफ्नो बपौति पाए जस्तो ठान्ने गिरिजाले त्यसै छोड्नेवाला छैनन पद । उनले फेरि आफैं